४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : चन्द्र भण्डारी

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अब महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताएका हुन्।

उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए। उनले भने, ‘नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ।’ 

फरक प्रसंगमा उनले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए। 

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुन सक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो।

सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसंगमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे। 

प्रकाशित: २४ फाल्गुन २०७७ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App