१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा नेपाल आर्मीका मिन कार्कीले जित स्वर्ण पदक

नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण पदक जितेका छन्।एपीएफका जंग गिरी दोश्रो तथा बागमती प्रदेशका टार्जन दाहाल र शुलभ सुनुवार तेश्रो भएका छन्।

नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फाइलमा बागमतीकी गोमा आचार्य पहिलो भइन्।

 एपीएफकी मन्दिरा थापा दोश्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेश्रो भइन। महिला टिम इपीमा एपीएफ पहिलो, गण्डकी दोश्रो तथा सुदूरपश्चिम प्रदेश र कोसी प्रदेश तेश्रो भएका छन्। 

प्रकाशित: ४ असार २०८१ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App