५ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन पक्राउ

पक्राउ परेका व्यक्ति।

कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामका तीन जनालाई पक्रेको छ।

इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, त्यहीँका १७ वर्षे संगम लिम्बू र १७ वर्षे अशोक लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेर त्यसको भिडियो सामाजिक सञ्जालमा हालेको प्रहरीको भनाइ छ।

गत जेठ ३२ गते उनीहरूले कुकुर मारेर पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट यो भिडियो सार्वजनिक भएको थियो।

यो घटना सामाजिक सञ्जालमा देखेपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा जाहेरसमेत दर्ता गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत जाहेरी परेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३ असार २०८१ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App