१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादनः नेता थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्। 

देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिए। बिहीबार बागलुङ बजारमा नेपाल शिक्षक सङ्घ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले नेपालीले आफ्नो भनेर अपनत्व बोध नगर्ने बेलासम्म जस्तो सुकै विकास भए पनि समृद्धि प्राप्त नहुने बताए।  

उनले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताए। 'हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्' थापाले भने,'आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ।'

प्रकाशित: २८ फाल्गुन २०७७ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App