१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन्।  

प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको बताएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App