४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस र जसपाका शीर्ष नेताहरुबीचको भेटवार्ता सकियो

फाइल तस्बिर।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुबीचको छलफल बिना निष्कर्ष सकिएको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा जसपाका नेताहरुले कांग्रेस र जसपा एक ठाउँमा हुनुपर्ने बताएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

जसपाका नेताहरुले प्रमुख प्रतिपक्षी दलका हैसियतले कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको शर्माले बताए।  

त्यसअघि कांग्रेस पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा जोड दिएको प्रवक्ता शर्माको भनाई छ।

जसपाले आफूहरुका माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान लिएको छ। पार्टीका शीर्ष नेताहरुले प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटलाई तीव्र पारेका छन्। बिहीबार साँझ उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीसँग भेटवर्ता गरेका थिए।

जसपाले संविधान संशोधन र रेशम चौधरीको रिहाइलाई प्रमुख एजेण्डा बनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०७७ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App