८ वैशाख २०८१ शनिबार

भूकम्पबाट क्षति पुगेका भक्तपुरका अधिकांश सम्पदाहरुको पुनःनिर्माण

भक्तपुर नगरपालिकाले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका नगरपालिका क्षेत्रका अधिकांश सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको जनाएको छ।

भक्तपुरमा नाकोटिक औषाधिहरु जथाभावी विक्री

भक्तपुरमा नाकोटिक औषाधिहरु जथाभावी विक्रीवितरण गरेको पाइएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिबाट नगरको त्रिपुरासुन्दरीमा औषाधि पसलहरु बुधबार अनुगमन गर्दा यस्तो भेटिएको देखिएको हो।

भक्तपुरमा पनि एकमहिने श्री स्वस्थानी ब्रतकथा सुरु

काठमाडौंको साँंखुमा जस्तै भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाट पनि एक महिने श्री स्वस्थानी ब्रतकथा प्रारम्भ हुन्छ। यो एकमहिनासम्म यहाँं पनि साँंखुमा जस्तै ब्रत वस्ने महिलापुरुषहरु भेला भई नित्य कर्म हुने गर्दछ।

इन्डियाले मान्दैन भनेर मन्त्रीहरु कारखाना बनाउन भनेपछि थर्कमान हुन्छन्ः बिजुक्छे

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे।

अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोमा लगाउने ऊलन टोपी र मफ्लर वितरण

भक्तपुर नगरपालिकाकोतर्फबाट नगर प्रमुख सुनिल प्रजापतिले वितरण गरेका हुन्।

भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।

तिहार नजिकिँदै गर्दा पटाका बरामद गरी नष्ट गरियो

तिहारमा बरुद्धपट्का पट्काउँदा हुने हानी नोक्सानी र मानिसहरुलाई अंगभंग हुनबाट बचाउन भक्तपुर नगरभित्रका पसलहरुमा बारुद्धपटका बेचविखन गरेको छ/छैन भनेर अनुगमन गरिएको थियो। संस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपटका नपड्काऔं, अंगभंग हुनबाट बचाऔं भने भनाइलाई सार्थक बनाउन अनुगमन गरिएको समितिका संयोजक गोराले जनाए।

दशैँ नजिकिएसँगै भक्तपुरका मासु पसल अनुगमन

'मासु पसलको अनुगमनमा गर्दा मासुमा झिंगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरुलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ'

डेंगु रोग नियन्त्रणका लागि र्‍याली

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भइ दरवारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी , तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनः दरवारस्कायरमै विसर्जन भएको थियो।

‘भक्तपुरको अर्काे परिचय भ्रष्टाचारमुक्त नगर’

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले बताए। नगरका पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न क्षेत्र र पेशाका नगरबासीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको कार्य प्रगति र उपलब्धीहरुबारे चर्चा गरेका थिए।

ख्वपमा नर्सिङको नयाँं भर्ना खुल्ने

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा यो वर्षदेखि पुनः नर्सिङमा नयाँ भर्ना खुल्ने भएको छ।

गाईजात्रा मार्गमा तार व्यवस्थित गर्नेबारे छलफल

विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा सरोकारवालाहरुको बैठक बसेको हो। बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्ने सहमति गरिएको छ।

धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुरमा

शिक्षा, स्वास्थ्य र विशेषगरी फोहाेरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बुझिएको छ।

दुर्घटनापछि सल्लाघारीमा रुख कटान सुरु

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सडक छेउमा रहेको खतराका रुखहरु काटन थालिएको हो। खतराका रुखहरुको चिन्ह लगाइ खतरा देखिएका सडक वरपरका रुखहरु काट्न सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्