१६ चैत्र २०८० शुक्रबार
समाज

दशैँ नजिकिएसँगै भक्तपुरका मासु पसल अनुगमन

दशैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ। नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ।

'मासु पसलको अनुगमनमा गर्दा मासुमा झिंगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरुलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ' समितिका संयोजक गोराले भने।

बजार निरीक्षक रामकृष्ण प्रजापतिले अनुगमनका क्रममा नियम पालना नगर्नेको सम्पूर्ण कागजपत्र लिएर तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको बताउँदै दर्ता नवीकरण नभएका ढकतराजु जफत गरिएको बताए।

अनुगमनमा अनुगमन समितिका सदस्य ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिप कुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग वाणिज्य संघ भक्तपुरका राजेश त्वानाबासु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी वरिष्ठ सहायक निरीक्षक नारायणबहादुर चुवान र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापतिको सहभागीता रहेको थियो।

प्रकाशित: १२ आश्विन २०७९ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App