भक्तपुरमा गाईजात्राको तयारी सुरु
कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।
कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।
नगरपालिकाले नगरपालिकाबाट नगरका विभिन्न ठाउँंहरुबाट सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रका लागि चार जना आयादिदी माग भएको सूचना स्थानीय पत्रिकामा प्रकाशित गरेको थियो। प्रकाशित भए अनुसार चार जनाका लागि एक सय २४ जनाको निवेदन परेको नगरपालिकाले जनाएको छ।
भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।
भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले केही दिनभित्रै नगरमा पानी ल्यादिने बताएका छन्। आफूहरु निर्वाचित भइ सपथ खाएको पहिलो दिनमै त्यसका लागि दौडेको भन्दै उनले मेलम्चीको पानी भक्तपुर ल्याइदिने बताएका हुन्।
भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।
भक्तपुर नगरपालिकाको मेयरमा झण्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्।
नेपाल मजदुर किसान पार्टी र उसले जित्दै आएको भक्तपुर नगरपालिकाको कामप्रति प्रभावित काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाह बिहान भक्तपुर नगरपालिका वडा नं २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालयमा पुगेका हुन्।
भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्पष्ट बुहमतका साथ अगाडि बढेको छ।
भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ। यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको बेला जनतालाई दिएको घोषणा पत्र अनुसार यो पाँंच वर्षको बीचमा आफूहरुले तीन वटा काम गर्न नसकेको बताएका छन्।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।
सेनाले नियन्त्रणमा राखेको पोखरी खुल्ला गर्न स्थानीयबासीले वर्षौंदेखि माग गरिरहेका थिए।
भक्तपुर नगरपालिकाका वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा (सार्वजनिक पाटी) को शुक्रबार उद्घाटन गरिएको छ।
भक्तपुर नगरपालिका वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पार्टी) को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ।