१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुरका जनप्रतिनिधिहरुले थाले काम

भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व शुक्रबार कार्यभार सम्हाल्दै।

भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।

भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले शुक्रबार एक कार्यक्रमबीच सपथ ग्रहण गरे भने चाँंगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुले बिहीबार नै सपथ ग्रहण गरे। बिहीबार पुराना जनप्रतिनिधिहरुले कार्यभार सम्हालेसँंगै शुक्रबारदेखि उनीहरुले कार्यभार थालेका हुन्।

यसैबीच भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई यसअघि पद तथा गोपनीयताको सपथ ग्रहण गराए। त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराए।

सपथ ग्रहण गरेका वडाध्यक्षहरुमा भक्तपुर नपा वडा नं. १ का श्यामकृष्ण खत्री, वडा नं. २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नं. ४ का उपेन्द्र सुवाल, वडा नं. ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ६ का हरिराम सुवाल, वडा नं. ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रविन्द्र ज्याख्व र १० नं. वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App