coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाल विकास केन्द्र: ४ जना आयादिदी माग भएकोमा एक सय २४ जनाले दिए निवेदन

अन्तर्वार्ता लिंदै नगरपालिकाका प्रतिनिधिहरु।

देशभित्र वेरोजगारको अवस्था कति भयावह भएको छ भन्ने एउटा सानो उदाहरण भक्तपुरमा देखिएको छ। भक्तपुर नगरपालिकाबाट सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रका लागि चार जना आयादिदी माग भएकोमा एक सय २४ जनाको निवेदन परेको छ।

नगरपालिकाले नगरपालिकाबाट नगरका विभिन्न ठाउँंहरुबाट सञ्चालित शिशु स्याहार तथा बाल विकास केन्द्रका लागि चार जना आयादिदी माग भएको सूचना स्थानीय पत्रिकामा प्रकाशित गरेको थियो। प्रकाशित भए अनुसार चार जनाका लागि एक सय २४ जनाको निवेदन परेको नगरपालिकाले जनाएको छ।

माग चार जनाको मात्रै भए पनि निवेदन अत्याधिक परेपछि तीन दिन लगाएर छनौटको लागि अन्तर्वार्ता गरिएको छ। अहिले छनौटका लागि अन्तर्वार्ता लिने काम पनि सम्पन्न भइसकेको छ। छनौटको आधार अन्तर्वार्ता मात्रै रहेको नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिका शिशु स्याहार तथा वाल विकास केन्द्रका प्रमुख दीपेन्द्र प्रजापतिले छनौटमा पर्न सफल भएको उम्मेदवारहरुको नामावली यही असार मसान्तभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए।

‘नयाँं आर्थिक वर्षबाट काममा लगाउने गरी नतिजा सार्वजनिक गर्ने तयारीमा छौं, प्रमुख प्रजापतिले नागरिकसँंग भने, ‘आयादिदीसँंगै शिशुस्याहाका लागि शिक्षिकाको पनि मागसँंगसँंगै गरिएकाले दुवैको एकैचोटी नतिजा सार्वजनिक गर्ने योजना छ।’

आयादिदीको योग्यता सामान्य लेखपढ मात्रै राखिएको छ। तर दस जोड दुई उतीर्ण मात्रै नभइ स्नातक उतीर्णसम्मले निवेदन दिएको नगरपालिकाले जनाएको छ। प्रौढ उमेरका महिला मात्रै नभइ अहिले कलेजहरुमा अध्ययन गर्दै गरेका छात्राहरुको पनि निवेदन परेको नगरपालिकाले जनाएको छ।

मनोविश्लेषक एवं अधिवक्ता यज्ञबहादुर कार्की नेपालको शिक्षा वेरोजगार उत्पादन गर्ने गतिलो कारखाना भएको यसले पुष्टी गर्ने बताउँंछन्। शिक्षासँंगै शीप दिन नसक्दा यस्तो समस्या उत्पन्न भएको उनी सुनाउँंछन्। त्यसकारण शिक्षालाई शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बनाउन नहुने उनको जोड छ।

भक्तपुर नगरपालिकाले नगरका ६ ठाउँंहरुमा ६ वटा शिशु स्याहार तथा बाल विकास केन्द्रहरु सञ्चालन गर्दै आएको छ। नगरपालिकाले २०५४ सालको स्थानीय निकायको निर्वाचनपछि २०५६ सालबाट यी सबै शिशु स्याहार तथा बाल विकास केन्द्रहरु एकैपटक सञ्चालनमा ल्याएको थियो।

नगरको भार्वाचो, मंगलतीर्थ, गोल्मढी, इनाचो, लिवाली र भोलाछें गरी ६ ठाउँंहरुमा शिशु स्याहार तथा वाल विकास केन्द्र सञ्चालित छन्। ती केन्द्रहरुमा ससाना शिशुदेखि स्कुल जान ठिक्क नभएका शिशुहरुलाई भर्ना लिइन्छ। शिशुहरुको हेरचाह तथा पठपाठनका लागि प्रत्येक केन्द्रमा दुई जना शिक्षिका र दुई जना आयादिदीको व्यवस्था छ।

प्रत्येक केन्द्र ४० जना शिशुहरुलाई राख्न सकिने क्षमताको छ। क्षमता अनुसार झण्डै सबैतिर शिशुहरु भरिभराउ रहेको जनाइएको छ। ती केन्द्रहरुमा थप जनशक्ति थप्ने योजना अनुसार अहिले शिक्षिका र आयादिदीको माग गरिएको हो।

२०७२ सालमा भएको स्थानीय निकायको निर्वाचन अनुसार नगरका सबै वडामा न्युनतम एकएक वटा शिशु स्याहार तथा बाल विकास केन्द्र स्थापना गर्ने प्रतिबद्धतापत्र राखिएकोले त्यो अनुसार योजना अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ। नगरमा १० वटा वडाहरु रहेका छन्। 

प्रकाशित: २८ असार २०७९ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App