७ वैशाख २०८१ शुक्रबार
राजनीति

भक्तपुरको छोसो फल्चा उद्घाटन

भक्तपुर नगरपालिका वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पार्टी) को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको उदघाटन गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएको बताउँदै भक्तपुरका मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताए।

विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार र पुनः निर्माण भएको सम्पदाहरु प्रति गर्व गर्छौं भन्दै उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि गम्भीर आँच पुग्ने राष्ट्रिय हित तथा असंलग्न परराष्ट्र नीति विपरीतको एमसीसी सम्झौता तत्काल खारेज गराउन आफूहरुले खबरदारी जुलुस तथा सभाहरुको आयोजना गर्दै आइरहेको बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाबाट सञ्चालित विविध गतिविधिबारे अवगत गराउँदै देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्ने तयारीमा रहेको बताए। शिक्षासेवी बालमुकुन्द्र बासुकलाले भक्तपुरको शैक्षिक उन्नति र विकासमा स्थानीय जनताले खेलेको भूमिकामाथि चर्चा गरे।

छोसो पार्टी पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २०७८ वैशाख २० गतेबाट पुनः निर्माण भएको पार्टी १४ लाख ८ हजार तीन सय ४७ रुपैयाँ  बराबरको आर्थिक लागतमा पुनः निर्माण सम्पन्न भएको जनाए।

प्रकाशित: ७ फाल्गुन २०७८ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App