५ वैशाख २०८१ बुधबार
समाज

गोल्मढीमा नयाँं बो सिंह राखी गरियो क्षमापूजा

भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ। गःहिटीमा राखिएको बो सिंह झिकेर नयाँं बो सिंह प्रतिस्थापन गरेपछि त्यहाँं क्षमा पूजा गरिएको हो।

स्थानीय जनताको अग्रसरतामा क्षमा पूजाको गरिएको हो। उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बो सिंहहरु औपचारिक पुनः स्थापना गरे। यसअघि त्यहाँं रहेको बो सिंह स्थानान्तरण गरिएको थियो। भक्तपुर दरबार क्षेत्रस्थित सिलु महादेव मन्दिरमा स्थानान्तरण गरिएको हो।

वि.सं. १९९० सालको महाभूकम्पपछि भक्तपुर दरबार क्षेत्रस्थित शिलु महादेव मन्दिरमा रहेको २ वटा बो सिंहहरु गोल्मढीको गःहिटीमा स्थानान्तरण गरिएको पुष्टिपछि गोल्मढीको बो सिंहलाई हालसालै दरबार क्षेत्रको सिलु महादेव मन्दिरमा स्थानान्तरण गर्न लगिएको थियो।

स्थानीय जनताको मागअनुसार गोल्मढीमा नयाँ बो सिंहहरु निर्माण गर्न लगाइएको थियो। अहिले त्यही नयाँं बो सिंह पहिला झिकिएको गोल्मढीको गःहिटी (ढुंगेधारा) मा पुनःस्थापना गरी क्षमा पूजा गरिएको हो।

प्रकाशित: १६ असार २०७९ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App