७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनापछि सल्लाघारीमा रुख कटान सुरु

दुर्घटनापछि सोमबारदेखि भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरु काट्न थालिएको छ।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सडक छेउमा रहेको खतराका रुखहरु काटन थालिएको हो। खतराका रुखहरुको चिन्ह लगाइ खतरा देखिएका सडक वरपरका रुखहरु काट्न सुरु भएको हो। सल्लाघारीमा आइतबार रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीन जनाको मृत्यु भएको थियो।

घटनामा परी मिनीवसमा सवार दुई र स्कुटरमा सवार एक गरी तीन जाको मृत्यु भएको थियो। जिल्लाको चाँगुनारायण नगरपालिकाका वडा नं २ का न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका वडा नं २ का विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका ४ का राजकुमार भुजेलको मृत्यु भएको हो।

सरोकारवाला निकायबीच समन्वयपश्चात् रुखहरु काटिएको जनाइएको छ। प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमति अनुसार रुखहरु काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ। यो ठाउँंमा थुप्रो सल्लाका रुखहरु छन्।

प्रकाशित: ९ श्रावण २०७९ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App