७ वैशाख २०८१ शुक्रबार
समाज

तिहार नजिकिँदै गर्दा पटाका बरामद गरी नष्ट गरियो

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका विभिन्न स्थानहरुमा अनुगमन गरी बरामद भएको तिहारका पटाकाहरु नष्ट गरेको छ। समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले अनुगमन गर्दा भेटिएका तास, बारुद्ध पट्का नष्ट गरेको हो।

तिहारमा बरुद्धपट्का पट्काउँदा हुने हानी नोक्सानी र मानिसहरुलाई अंगभंग हुनबाट बचाउन भक्तपुर नगरभित्रका पसलहरुमा बारुद्धपटका बेचविखन गरेको छ/छैन भनेर अनुगमन गरिएको थियो। संस्कृति मनाऔं, विकृति नफैलाऔं, बारुद्धपटका नपड्काऔं, अंगभंग हुनबाट बचाऔं भने भनाइलाई सार्थक बनाउन अनुगमन गरिएको समितिका संयोजक गोराले जनाए।

अनुगमनको क्रममा न्यु गुप्ता भण्डार पसलबाट जुवा खेल्ने तास ३६ जोर जफत गरी नष्ट गरियो। त्यस्तै लक्ष्मी स्टोरबाट नागिन चक्र बरुद्ध ३८ पिस जफत गरी नष्ट गरी तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दियो। कृष्णप्रसाद श्रेष्ठको पूजा सामाग्री पसलमा चक्र पटका बारुद्ध ९ पिस, गोल्डेन कोब्रा बार २९ पाकेट, रकेट पट्का २ पाकेट, रोल क्याप बार ८ रोल, जफत गरी नष्ट गरियो।

त्यस्तै नारायणकृष्ण छुंजुको किराना पसलमा चक्रबार १० पिस, कोब्रा बारुद्ध ५ पाकेट, गमला बार १० पिस, भुइच्याम्पा बारुद्ध ५ पाकेट जफत गरी नष्ट गरियो। अनिता स्टोर कोब्रा बारुद्ध १०४ वटा जफत गरी नष्ट गरिएको नगरपालिकाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। साथै जफत गरिएको बारुद्धपट्का करिब दश हजार रुपैयाँ बराबरको रहेको उनले जनाए।

अनुगमनमा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेश शाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयमा यादवप्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक भागउरप्रसाद हरिजन, प्रहरी जवान चन्द्रबहादुर खत्री र टिकाराम यरी, उद्योग वाणिज्य संघका गौतम सुजखुको सहभागीता रहेको थियो।

प्रकाशित: ३ कार्तिक २०७९ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App