७ वैशाख २०८१ शुक्रबार
समाज

भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।

सो अवसरमा आयोजित बृहत् अभिभावक भेलामा नगर प्रमुख सुनिल प्रजापतिले शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारीहरुले असल व्यवहारबाट बालबालिकाहरुलाई हुर्काउने प्रयासमा लाग्नुपर्ने बताए। उनले भवन र संरचना राम्रो हुँदैमा सेवा प्रवाह राम्रो हुने नभइ त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुको मेहनतमा संस्थाको प्रगति हुने बताए।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षिक र सुसंस्कृत नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा शिशुस्याहार केन्द्रहरु व्यवस्थित ढंगले सञ्चालन गर्दै आएको बताइन्। भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामदार वर्गका अभिभावकका बालबालिकाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको शिशुस्याहार केन्द्रले सेवा गरिरहेको बताए।

त्यस्तै कार्यक्रममा शिशुस्याहार तथा बाल विकास केन्द्र प्रमुख दिपेन्द्र प्रजापति र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि शिशुस्याहार केन्द्रबाट प्रवाहित सेवा सुविधाहरुबारे चर्चा गरे। नगरपालिकाले नगरका ठाउँंठाउँंमा यस्तै शिशुस्याहार केन्द्रहरु सञ्चालन गरिराखेका छन्।

प्रकाशित: ३ कार्तिक २०७९ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App