१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोमा लगाउने ऊलन टोपी र मफ्लर वितरण

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शनिबार भक्तपुरमा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोमा लगाउने ऊलनको टोपी र मफ्लर वितरण गरिएको छ। भक्तपुर नगरपालिकाकोतर्फबाट नगर प्रमुख सुनिल प्रजापतिले वितरण गरेका हुन्।

त्यस अवसरमा अपांगता भएका व्यक्तिहरुले प्रतिभा प्रस्तुतीकरण गरे। अपाङ्गता क्षेत्रसँग सम्बन्धित विद्यालय तथा संघसंस्थाका विद्यार्थीले कविता वाचन, गायन, चित्रकला तथा नृत्य प्रस्तुत गरेका थिए। उनीहरुको प्रस्तुतिपछि कविता वाचन, गायन, चित्रकला तथा नृत्यमा सहभागीहरु सबैलाई पदक तथा प्रशंसापत्र वितरण गरियो। भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले उनीहरुलाई पदक तथा प्रशंसापत्र वितरण गरेकी हुन्।  

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य शिविर पनि भएको थियो। यसअघि कार्यक्रमको पहिलो चरणमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिगत रुपमा फरक फरक क्षमता हुने भएकोले जो व्यक्तिसँग सीप हुदैन, उसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था रहेकोले अपाङ्गता भएका व्यक्तिले पनि सीप सिक्न आवश्यक रहेको बताए। त्यसकारण भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको लागि हस्तकला सामग्री बनाउने तालिम सञ्चालन गरिएको उनले बताए। उनले अपाङ्गता भएका व्यक्तिलाई सीप दिएर आत्मनिर्भर बनाउनेतर्फ लागेको पनि बताए।

प्रकाशित: १७ मंसिर २०७९ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App