स्थानीय तह मत गणना: गठबन्धनलाई प्रारम्भिक अग्रता
स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्।
स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्।
शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।
व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशीमाथी कुटपिट भएको छ। व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो।
पचरौता नगरपालिकाको दुई मतदान केन्द्रमा मत खसाउने काम अहिले रोकिएको छ। पचरौता २ का श्रीनगर बैरिया मतदान केन्द्र र बरगाछी मतदान केन्द्रमा मतदाता संख्या भन्दा बढी मत खसाइएको भेटिए पछि स्थानीयहरुको बिरोधका कारण मत खसाउने कार्य रोकिएको हो।
सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।
स्थानीय तहको निर्वाचनतका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ।
गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।
सर्लाही जिल्लाको दुई मतदान केन्द्रका सम्पूर्ण कर्मचारी महिला खटाइएको छ। वैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीको दुई मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म र सुरक्षाकर्मी पनि महिला नै खटाइएका हुन्।
स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन्।
अहिले जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाउने सामग्री तयार गर्दैछ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै मतदानस्थलमा पठाइने सामग्री यकिन गरी प्याक गर्ने काम भइरहेको बताए। ‘सबैजसो सामान आइपुगेको छ,’ उनले भने, ‘अब धमाधम पठाइँदैछ।’
आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।
मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।