१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गोरखाका मतदान केन्द्रहरुमा धमाधम तयारी

गोरखा क्षेत्र नम्बर २ अन्तरगत रहेको गोरखा नगरपालिका ९ लक्ष्मी बजारको महालक्ष्मी मावि केन्द्रमा तयारी गर्दै कर्मचारी, सुरक्षाकर्मीहरु।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ। यहाँका तीन सय १७ मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक सम्पन्न भएको छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले शनिबारसम्म सबै तयारी सकिने बताए। निर्वाचन सामग्री सहित सबै कर्मचारी मतदान केन्द्र पुगिसकेको उनले बताए। जिल्ला बाहिर रहेका मतदाता मत दिन गाउँ फर्किरहेका छन्। स्थिर समय सुरु भएका कारण दलका गतिविधि भने ठप्प छ।  

निर्वाचन गराउन जिल्लाभर २५ सय १८ जना कर्मचारी १२ सय सातजना स्वयंसेवक खटिएका छन्। यहाँ दुई सय २२ मतदानस्थल र तीन सय १७ मतदान केन्द्र रहेका छन्। जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। कारागार र सम्मवय समितिमा दुईवटा अस्थायी मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सुचना अधिकारी रबिलाल सुवेदीले बताए।  

प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल दुई लाख २२ हजार छ सय ३७ मतदाता छन्। दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि यहाँ ४९ जना उम्मेदवार छन्। केही दलका प्रतिनिधि र स्वतन्त्रले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको घोषणा गरेका छन्।  

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ। सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागि परेका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। मतदान स्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।  

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ। मतदान केन्द्रको भित्री सुरक्षामा जनपथ र म्यादी प्रहरी खटिने छन् भने बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहने छन्।

प्रकाशित: २ मंसिर २०७९ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App