१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवनको नयाँ किरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा

चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अहिले मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या ठूलो मात्रामा थप गरिएको छ।

निर्वाचन गराउने नगराउने विषयमा अहिले छलफल भइरहेको छ। मतदान रोकिएपछि चर्को घाममा मतदाता प्रतीक्षारत रहेका छन्।

मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर- २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए। नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेका समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो। त्यसपछि मतदान रोकिएको थियो।  

प्रकाशित: १० वैशाख २०८० ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App