१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

४ बुँदे सहमती पछि चितवनको नयाँकिरण माविमा मतदान सुरु

चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण माविमा रोकिएको मतदान सुरु भएको छ।

सर्वदलीय छलफलमा ४ बुँदे  सहमती पश्चात मतदान सुरु गरिएको मतदान अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए।

छलफलमा रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लघंन गरेको ठहर गर्दै माफी माग्न लगाउने,आचारसंहिता उल्लंघन गरेको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने,निर्वाचन सुचारु गर्ने,४,३०० मिटर वरपर सुरक्षा व्यवस्था कडा बनाउने र ५ बजे भित्र मतदान केन्द्र भित्र पसिकस्नु पर्ने सहमती भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए। नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो।  

प्रकाशित: १० वैशाख २०८० ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App