१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुनसरीमा ५९ वटा मतदान केन्द्र अति संवेदनशील

‘हेबीवेट’ का नेताले चुनाव लडिरहेको क्षेत्र र भारतसँग सीमा जोडिएको क्षेत्रलाई सुरक्षाको हिसावले अति संवेदनशीलमा राखएिसँगै सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्।

 जिल्लामा रहेका एक सय ६६ वटा मतदानस्थलमध्ये ६५ वटा संवेदनशील र ४२ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो। निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थलमा सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।  

सुरक्षा मापदण्डका आधारमा मतदान स्थलको वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभूप्रसाद ढकालले बताए। उनका अनुसार अति संवेदनशील मतदान स्थलमा अलग अलग क्षेत्रमा विशेष निगरानीसँगै अलगै प्रहरीको मोवाइल टोली परि परिचालन गरिएको छ। जिल्लाभर सिनियर प्रहरी अधिकृतको नेतृत्वमा २६ वटा मोवाइल गस्ती टोली परिचालन गरिएको छ।

जिल्लामा क्षेत्र नं. ३ र ४ मा हेबीवेटका नेताबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। क्षेत्र नं. ३ मा काँग्रेस नेता बिजयकुमार गच्छदार र क्षेत्र नं. ४ मा सञ्चार, सूचना तथा प्रविधिमन्त्री काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की प्रतिस्पर्धा गदैछन्। क्षेत्र नं. ३ मा गच्छदारसँग प्रतिस्पर्धामा उत्रिएकी एमालेकी भगवती चौधरी र क्षेत्र नं. ४ मा एमालेकै जगदीस कुसियत छन्। भगवती र जगदीस दुवै जना नाम चलेका छन्। दुवै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा भएकाले गर्दा कुनै प्रकारको अप्रिय घटना हुन नदिन प्रहरी सचेत भएर लागेको जनाएको छ।  

जिल्लाभरका समग्र मतदान केन्द्र आसपास पनि प्रहरीले उच्च सतर्ककता अप्नाएको छ। ‘मतदान स्थलको पाँच सय मिटर वरिपरि अराजनीतिक गतिविधी, हुलदंगा र झडप नियन्त्रण पनि विशेष निगरानी गर्न थालिएको छ,’ एसपी ढकालले भने।  

उनका अनसार सुनसरीमा खासै सुरक्षा चुनौति नभएतापनि सस्म्भावित चुनौतीलाई आकलन गरि सोही अनुसारको व्यवस्थापन पनि मिलाइएको छ। ‘खासगरेर मंसिरको महिना दिन छोटो हुने हुँदा समयमै मतदान नसकिदा हुने चुनौती र निर्वाचन बिरोधी समूहको गतिविधीलाई निगरानी गर्न डिएसपीको कमाण्डमा स्पेशल टीम परिचालन गरिएको छ,’ एसपी ढकालले भने।  

सुनसरीमा एउटा मतदान स्थलमा छ देखि २८ जनासम्म सुरक्षाकर्मी खटाइएको छ। जस अनुसार पहिलो घेरामा प्रहरी र जनपथ प्रहरी,  दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने छन्।  

सुनसरीमा प्रतिनिधीसभाका लागि चार क्षेत्र र प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन्। ३६६ मतदान स्थलमा ५९१ वटा स्थायी मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहेका छन्। सुनसरीमा निर्वाचनका लागि कुल चार हजार ७ सय ३४ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए। सुनसरीमा पाँच लाख ४४ हजार ९४१ मतदाता रहेका छन्।

प्रकाशित: ३ मंसिर २०७९ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App