१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सुरु भयो लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। २ सदस्यका लागि केहीबेर अघिबाट मात्रै मतदान सुरु भएको हो।  

दाङको घोराहीमा रहेको मतदान केन्द्रमा अहिले ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ।

लुम्बिनीमा २ जना सदस्य पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।  

एक महिला र एक अन्य सिटमा हुन लागेको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादिका झक्कु सुवेदी, एमालेका तुलसा केसी, झपेन्द्र घर्ती, राप्रबाट विजया लक्ष्मी सिंह र जनमत पार्टिबाट बाल गोविन्द चौधरी प्रतिस्पर्धामा छन्।

प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र १०९ स्थानिय तहका २१८ जना प्रमुख,उपप्रमुखले मतदान गर्नेछन्।

प्रकाशित: ११ माघ २०८० ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App