९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘उच्च आत्मबलले कोरोना जित्न सकिन्छ’

गत मंगलबार कोरोना भाइरस संक्रमणमुक्त भएका गायक सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई आत्मबल उच्च राख्न सके कोरोना भाइरसलाई जित्न सकिने जनाएका थिए।

स्थानीय तहका आइसोलेसनः संक्रमित नै बस्न मान्दैनन्

सहरका ठुला अस्पतालमा गए मात्र राम्रो उपचार हुन्छ भन्ने मानसिकता स्थानीयमा छ । त्यो हुनुको कारण स्थानीय तहमा सबै सुविधा नहुँदा गाउँलेले नै नपत्याएका हुन् ।

अस्पताल भवन : शिलान्यास भए, बनेनन्

२०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलान्यास गरेपछि मात्र सरकारले एक करोड रुपैंया उपलब्ध गराउने निर्देशन गरेको थियो।

बाहिरबाट आउँदा स्थानीय तहलाई सूचना दिनुपर्ने

इलामबासीले अब बाहिरी जिल्लाबाट घर आउँदा अनिवार्य रूपमा आफ्ने स्थानीय तह वा वडा कार्यालयमा आफू आएको जानकारी दिनुपर्ने भएको छ।

अक्सिजन अभाव : छट्पटाउँदै जान्छ ज्यान

दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैनन् ।

कोभिड नियन्त्रणका लागि सिसिएमसीको १४ निर्णय

केन्द्रले आवागमन व्यवस्थापनबारे, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणबारे, क्वारेन्टिन अनुगमनबारे र जनचेतना सम्बन्धमा विभिन्न निर्णय गरेको हो।

बढ्दो कोरोना संक्रमणः सर्वसाधारणको लापरबाही, स्थानीय तहको उदासिनता

बैतडीमा कोरोना संक्रमण बढ्दै गएको छ । दिनहुँ संक्रमितको संख्या बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना भएको छैन।

कोरोनाका कारण स्थानीय तहको परीक्षा स्थगित

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय तहका सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।

स्थानीय तहका शैक्षिक कार्यको मूल्यांकन

स्थानीय तहले आफ्ना क्षेत्रका सबै विद्यालयको विद्यालय सुधार योजना, वार्षिक योजना, कार्यतालिकासंकलन गर्ने र समीक्षा गर्ने तथा निर्माण गर्न नसक्ने विद्यालयलाई निर्माणमा सहयोग पर्‍याइनुपर्छ।

कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला

वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन्। सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन्। वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन्।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

स्थानीय तहमा विपद् पूर्व तयारीका योजना नहुँदा विपद्को समयमा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्।

आँखाका रोगी घटाउन स्थानीय तहमा शिविर

आँखा केन्द्र र बिरामीबीच दूरी घटाउने र आँखाका रोगी घटाउने उद्देश्यले रसुवाका स्थानीय तहमा आँखा शिविर सुरु गरिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले आँखाका बिरामी घटाउन सो शिविर सुरु गरेको हो।

कोरोना नियन्त्रणको खर्च विवरण नै छैन स्थानीय तहसँग

कोरोना महामारी स्थानीय सरकारका लागि मनपरि वा फजुल खर्च गर्ने अवसर बनेको पाइएको छ। केही स्थानीय तहले कोरोना संक्रमण न्यूनीकरणमा प्रभावकारी भूमिका निभाए पनि केहीले भने खर्च मात्रै बढाएर कार्यालयलाई नै व्ययभार थपेका छन्।

कोरिँदै विकास, फेरिँदै भरतपुर

भरतपुर महानगरपालिका चितवनको सदरमुकाम हो । स्थानीय तहको निर्वाचनका बेला केन्द्रले देखाएको चासोले पनि यसको महत्व उजागर गर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर पूर्वाधार विकासमा अब्बल मानिन्छ भने केन्द्रीय नेपालको व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्