२० वैशाख २०८१ बिहीबार
image/svg+xml

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो।

उडिरहेको जहाजमा चुरोट तान्ने यात्रु पक्राउ

उडान नं २५३ बाट आज अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जनाएका छन्।

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ।

आन्तरिक उडानमा फड्को मार्दै पोखरा

पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

बुद्ध एयरको जहाजमा यान्त्रिक गडबडी आएपछि आपत्कालीन अवतरण

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो।

नेपालगन्जमा बुद्ध एयरको जहाजसँग स्याल ठोक्कियो

काठमाडौंंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाजसँग स्याल ठोकिएको छ। नेपालगन्ज विमानस्थलमा अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला बुधबार बेलुका सवा ७ बजेतिर ‘एटिआर ७२’ जहाजसँग स्याल ठोकिएको हो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

विराटनगरबाट अवतरण हुन नसकि फर्किएको बुद्ध एयरको विमान काठमाडौंमा अवतरण

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो। तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो।

बुद्धको पोखरा–सिमरा उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा हवाई उडान सुरु गरेको छ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ ।

बुधबारदेखि पोखरा–सिमरा उडान हुँदै

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ। कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए।

बुद्ध एयरको पोखरा–नेपालगञ्ज उडान सुरु

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक सहित भारतीय पर्यटकलाई पोखरा ल्याउन र लैजान सहज हुने एयरलाईन्सको भनाई छ ।

बुद्ध एयरले भोलिदेखि पोखरा–नेपालगञ्ज उडान गर्दै

आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु हुँदैछ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक यात्रुको आउजाउमा सहज हुने र भारतीय पर्यटकलाई पोखरा ल्याउन थप बल पुग्ने एयरलाइन्सको भनाई छ ।

बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्