१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरबाट अवतरण हुन नसकि फर्किएको बुद्ध एयरको विमान काठमाडौंमा अवतरण

विराटनगरमा अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ।

रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो। करिब २ घण्टा काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो। तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७३ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७८ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App