२ मंसिर २०८१ आइतबार
image/svg+xml

उखु किसानको पैसा नतिरेपछि हितेश गोल्छा, विशाल अग्रवाल लगायतलाई पक्राउ पूर्जी

रौतहटका उखु किसानहरुले रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडका सञ्चालकहरुले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उद्योगका सञ्चालकरुविरुद्ध ठगी मुदा दर्ता गराएका छन्।

५० किलो चरेससहित एक जना पक्राउ

धादिङको थाक्रे गाउँपालिका –१ खयरघारीबाट ५० किलो चरेसहितसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटका प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चरेससहित पक्राउ गरेको हो।

काठमाडौंबाट गैंडाको खागसहित ५ जना पक्राउ

प्रहरीले गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार स्वयम्भु किमडोलबाट उनीहरुलाई पक्राउ गरेको हो।

कोशी टप्पुको जग्गा बिक्री गर्ने समूहका मुख्य आरोपी पक्राउ

पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटीय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रको जग्गा विक्री तथा खनजोत गर्ने समूहका दुई जना पक्राउ परेका छन्।

क्यानडा पठाउने भन्दै महिलालाई भारत लैजाँदै गर्दा पक्राउ

क्यानडा पठाउने भन्दै महिलालाई भारततर्फ लैजादै गरेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

मुख्य योजनाकार महताब पक्राउ

‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

राजपुर बमकाण्डका आरोपी महताफ आलम पक्राउ

पहिलो संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बमकाण्डका अर्का आरोपी महताफ आलम पक्राउ परेका छन्। उनी बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ हुन।

नक्कली छाप बनाएर रावश्व असुल्ने पक्राउ

जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरि नदीजन्य पदार्थको कर असुल गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बालयौन दुराचारका आरोपमा फ्रान्सेली पक्राउ

बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

लम्बोदरलाई सात दिन थुनामा राख्न अनुमति

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

लागूऔषधसहित युवा पक्राउ

सप्तरीका एक युवक उदयपुरमा लागुऔषधसहित पक्राउ परेका छन्। सप्तरीको सप्तकोसी नगरपालिका–३ फत्तेपुरका १९ वर्षीय प्रदीप देउजा लागुऔषध नाइटोजेपामसहित पक्राउ परेका हुन्।

किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

२३ करोड ठगी उजुरीमा न्यौपाने पक्राउ

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएपछि फरार लम्बोदर न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्