१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

क्यानडा पठाउने भन्दै महिलालाई भारत लैजाँदै गर्दा पक्राउ

क्यानडा पठाउने भन्दै महिलालाई भारततर्फ लैजादै गरेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोके स्थित सीमा ईलाकाबाट मंसीर २२ गते दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भन्दै भारततर्फ लैजाँदै गरेकी एक महिलालाई एपीएफ टोलीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन्। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाईदिने भन्दै भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेकी सुवेदीलाई ती दुवै जना महिलासहित शान्ति पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाईएको छ।

 

प्रकाशित: २४ मंसिर २०७७ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App