४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंबाट गैंडाको खागसहित ५ जना पक्राउ

प्रहरीले गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार स्वयम्भु किमडोलबाट उनीहरुलाई पक्राउ गरेको हो।

गैंडाको खाग जस्तो बस्तु बिक्री गर्न भन्दै कोठामा जम्मा भएर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाका एसएसपी दीपक थापाले बताए।  

पक्राउ पर्नेमा काठमाडौं झोंछेका रिकेश शाक्य,  सुरेश शाक्य ,अनिल श्रेष्ठ,  नुवाकोटका रामसिंह तामाङ र नुवाकोटकै मुना तामाङ रहेकी छन्।

 

 

प्रकाशित: २६ मंसिर २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App