‘आइसोलेसन’ बेडबाट भगवान पुकार्दै युवक
कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्यो ।