२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विदेशबाट फर्किनेलाई होटलको क्वारेन्टिन, पोखरामा पाँच हजार कोठा व्यवस्थापन गरिँदै

कोरोना भाईरस संक्रमणको चपेटामा परेर विभिन्न मुलुकबाट उद्धार गरि ल्याइएका नेपाली नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि पोखराका होटलसँग पाँच हजार कोठा माग गरिएको छ। सरकारले पोखरा महानगरपालिकालाई होटलमा पाँच हजार कोठा व्यवस्थापन गर्न जिम्मा दिएको हो।

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७ सय ९८

कोरोनाबाट थप २२६ जना संक्रमित भएका छन्। पछि २४ घण्टामा २१३ जना पुरुष र १३ जना महिलामा नयाँ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कोरोना विरुद्धको कोषमा जापानबाट राईको एक लाख सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा एकजना दाताबाट एक लाख रुपैयाँ सहयोग जम्मा भएको छ ।

स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

उनले संक्रमितको संख्या सोचेभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको जनाए ।

कपिलवस्तुमा ५ सय बेड थपेर एक हजार आइसोलन बेत बनाइँदै

आइसोलेसन र क्वारेन्टिनलाई मापदण्डअनुसार संचालन गर्नुपर्नेमा जोड दिइएको थियो । यस्तै धानको बीउ खरिदका लागि समेत ध्यान दिई कृषकहरुलाई छुट दिनुपर्ने, बाँकी अवधिका लागि नदीबाट नदीजन्य पदार्थ समेत उठाउन दिनुपर्ने लगायतका सुझाव दिइएको थियो ।

कोभिड–१९ विरुद्धको अभियानमा ताप्लेजुङका स्थानीय तहको २ करोड ६५ लाख बढी

ताप्लेजुङका स्थानीय तहले कोभिड–१९ का विरुद्धको अभियानमा क्वारेन्टिन निर्माण, व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्रीसहितको खरिदका लागि २ करोड ६५ लाख ५७ हजार ६६४ रुपैयाँ बराबर खर्च गरेका छन् ।

कर्णालीमा कोरोना संक्रमित १६६ पुगे

कर्णालीमा दुई जना प्रहरीसहित कोरोना संक्रमितको संख्या एक सय ६६ पुगेको छ। पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४३ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित मध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन्।

कोभिड–१९ मा सफाइकर्मीलाई आपराधिक उपेक्षा

कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट सुरु भएर संसारको २०९ देश र क्षेत्रमा फैलिसकेको छ। कोभिड–१९ मा डाक्टर, नर्स, सुरक्षाकर्मी, मिडियाकर्मीको साथ–साथै सफाइकर्मी आफ्नो जीवनलाई जोखिममा राखेर अग्रभागमा डटेर काम गरिरहेका छन्। एकातीर अस्पतालमा डाक्टर, नर्स र बाँकी कर्मचारीलेकोरोना बिरामीलाई उपचार गरिहेका छन् अर्कोतीर सफाइकर्मी देशभर सफाइ गरेर कोरोना फैलिनबाट रोक्दैछन्।

उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन् । आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन् ।

आपूर्तिमा सुधार नआए द्वन्द्व बढ्न सक्छ : चौधरी

सांसद एवं उद्योगपति विनोद चौधरीले कोभिड–१९ का कारण आपूर्ति प्रणाली भत्किएकाले यसमा तत्काल सुधार नगरे सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन् ।

कोरोना सावधानीका सामाग्री निशुल्क उपलब्ध गराउन सर्वोच्चको आदेश

कोरोबाट बच्ने स्यानिटाइजर, मेडिकल मास्क तथा औषधी लगायतका स्वास्थ सामाग्रीहरु आवश्यक पर्ने व्यक्तिलाई निशुल्क रुपमा उपलब्ध गराउन सर्वोच्च अदालतले नेपाल सरकारलाई आइतबार आदेश दिएको छ।

बाजुरा अस्पतालमा मृत्यु भएकी दुई वर्षिया बालिकामा कोरोना पुष्टि

बाजुराकी दुई वर्षिय बालिकाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ति दुई वर्षिय बालिकाको सेति प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताए।

एकै दिन थपिए १६६ कोरोना संक्रमित

एकै दिन १६६ जना कोरोनाका विरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ हजा ५६७ पुगेको छ।

कोरोना संक्रमणबाट घेरिँदै पोखरा

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोराना संक्रमित युवा भेटिएसँगै प्रदेश मुकाम पोखरा पनि कोरोना भाईरसको संक्रमणबाट घेरिँदै गएको छ। प्रदेश राजधानी भएकै जिल्ला कास्कीमा भने अहिलेसम्म संक्रमित फेला परिसकेका छैनन। तर, छिमेकी जिल्लाहरु स्याङजा, तनहुँ र लम्जुङमा बिरामी फेला परिसकेका छन्।

कृषिमा पनि महामारीको सम्भावना

देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्