२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

चित्रमा रमाउने गरेको छु

विपत्को घडीमा त्रसित भएर बस्नुभन्दा सिर्जनात्मक काम गर्नुपर्छ । म चित्रहरूमा रमाउने गरेको छु । मैले आदरणीय व्यक्ति र आफूलाई मनपर्ने चीजका चित्र कोरेर समयको सदुपयोग गरेको छु । आफ्नै चित्रहरूले कोठा सजाएकोे छु ।

लकडाउन

अमेरिका जस्तो धनी देशले लकडाउनमा मात्रै सधैं बसे देशको अर्थतन्त्र धराशायी हुन्छ । अब सतर्क रहेर काम गर’ भन्यो । त्यहाँ कतै जनता मर्दै पनि छन् अनि सबैतिर काम पनि गर्दैछन् ।

कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो।

संखुवासभा जिल्लामा दुइजनामा संक्रमण

संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो ।

ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताए ।

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

संखुवासभामा पनि देखियो कोरोना, दुई जनामा संक्रमण

संखुवासभामा पनि कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संखुवासभामा दुई जनामा कोरोन संक्रमण पुष्टि भएको हो। भारत उत्तर प्रदेशको महुबाट भैरहवाको सुनौली नाका हुँदै जेठ १३ गते संखुवासभा आइपुगेका दुबै संक्रमितलाई हाल तुम्लिङ्टार स्थित क्वारेन्टिनमा राखिएको छ।

थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

शनिबार नेपालमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ। देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ।

प्रदेश २ मा ५७ जनामा संक्रमण पुष्टि

प्रदेश २ मा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ५५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा एकै पटक ७७ जना संक्रमित थपिए

कपिलवस्तुमा शनिबार फेरी एकै पटक ७७ जना कोरोना संक्रमित थपिएका छन। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ। ७७ मध्ये २ जना महिला छन्। महराजगंज नगरपालिकामा ३३ , कृष्णगर नगरपालिकामा १६ तथा यशोधरा गाउँपालिमा २८ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।

लकडाउनले गर्दा सुदीपको यूएईमै दाहसंस्कार

यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको यूएईमै दाहसंस्कार गरिएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो ।

मृतक छोराको नाममा कोरोना विरुद्धको कोषमा रकम जम्मा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका पदमकुमार राईले मृत छोराको नाममा कोरोना भाइरस विरुद्धको कोषमा रकम जम्मा गरिदिएका छन् ।

घरभित्रै २४ सैं घण्टा मास्क नलगाउन सुझाब

चिकित्सकहरुले घरभित्रै बस्दा सधै मास्क लगाएर नबस्न सुझाएका छन् । जहिले पनि मास्क लगाएर बस्दा श्वासप्रश्वासको क्रममा आफैंले फालेको कार्वनडाइअक्साड नै लिनुपर्ने र नयाँं अक्सिजन नजाने भई रोगसँंग लड्न सक्ने क्षमतामा ह्रास आउने बताएका छन् ।

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने

सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ। शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्