२३ आश्विन २०८१ बुधबार
image/svg+xml

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई मनोसामाजिक परामर्श

नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका अधिकांश व्यक्ति तनावमा देखिन्छन् । संकटकाबेला देशदेखि विदेशबाट घर आइपुगेको अवस्थामा १४ दिनका लागि क्वारेन्टाइनमा बस्नुपर्दा उनीहरुमा मानसिक चिन्ता हुनु स्वभाविक हो ।

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। मंगलबार उदयपुरका एकजनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो।

पर्यटन व्यवासायी खत्रीद्वारा ४० थान थर्मल गन सहयोग

पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाका स्थानीय तह, अस्पताल, सुरक्षा निकायलाई ४० थान ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेका छन्।

प्रशासनसँगको सहकार्यमा मुस्लिम आयोगले गर्‍यो मस्जिदमा अनुगमन

उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ।

डोल्पामा ८ जनाको  आरडिटी रिर्पाेट नेगेटिभ

भारतमा मजदुरी गरेर फर्केका कोरोना आशंका गरेका ८ जनाको रिर्पोट नेगेटिभ देखिएको छ। जगदुल्ला गाउँपालिका भर भएर भारतमा मजदुरी गरेर फर्केका ८ जना र थप एक जना गरि ९ जनाको आरडिटी परिक्षण गर्दा रिर्पोट नेगेटिभ भेटिएको हो।

ताप्लेजुङमा मंगलवार सम्म ९२ जनाको आरडीटी परीक्षण, सबैको रिर्पोट नेगेटिभ

जिल्लामा अहिले सम्म गरिएको ९२ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ। मंगलवार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा गरिएको ४ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको त्यहाँकी ल्याव असिष्टेन्ट बिनिता थाम्सोहाङले जानकारी दिईन्।

नगरको विपद व्यवस्थापन कोषमा ४१ लाख ४० हजार जम्मा गर्ने निर्णय

जिल्लाको दिक्तेल पाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा ४१ लाखभन्दा बढि रकम जम्मा गर्ने निर्णय गरेका छन्। नगर कार्यापालिकाको सोमबार सम्पन्न बैठकले १५ वडा रहेको नगरपालिकाकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट ४१ लाख ४० हजार रुपैयाँ रकम नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद, 'क्रस चेक'का लागि धरान पठाइयो

उदयपुर भुल्केको मस्जिद क्षेत्रका थप आठ जनाको कोरोना परीक्षण रिपोर्ट ‘शंकास्पद’ आएपछि क्रस चेकका लागि धरान पठाइएको छ।

सङ्क्रमण फैलिन सक्ने भन्दै हटिया र तरकारी आयातमा रोक

कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरा देखिएपछि तेह्रथुममा तरकारी आयातमा रोक लगाइएको छ। जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो।

चेपाङ गाउँमा खाद्य संकट : न काम, न माम

स्याउलाले बारेको झुप्रो घर । यस्तै स–साना झुप्रो भित्र ओत लागिरहेका १२ जनासम्मको परिवार । घरभित्र अन्नपातको नाममा एक बोरा पिठो बाहेक अरु केही देखिन्न ।

कोभिड–१९ उपचार उपकरणको आकस्मिकता

केही समयअगाडि अर्बाै खर्चिएर मान्यतै नपाएको अविश्वसनीय उपकरण  ल्याइसकेपछि बल्ल सरकारलाई थाहा हुन्छ– २४ वटा पिसिआर टेस्टिङ मसिन देशभित्रै छन् ।

रसुवाको दुई गाउँपालिकाबाट आरडिटी सुरु, ५२ जनाको रिपोर्ट नेगेटिभ

रसुवाको चार वटा गाउँपालिकामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबाट पनि आरडिटी सेवा सुरु भएको छ । सोमबार आमाछोदिङ्मो गाउँपालिकामा १४ र नौकुण्ड गाउँपालिाकामा ८ जनाको परीक्षण गरिएको छ ।

काठमाडौँमा परीक्षण गराउने बढ्दै

सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन्।

कोभिड–१९ परीक्षणमा अनिश्चितताको हद !

हामीसँग कोभिड–१९ को टेस्टमा यसको विकल्प उपलब्ध भइसकेको छैन । ‘खाए खा, नखाए घिच !’ भने जस्तै जे छ त्यसैबाट काम चलाउनुपर्ने बाध्यता हामीलाई आइलागेको छ ।

चीनसँग औषधि खरिद सम्झौता

कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्