२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कार्टुन : उठिस्योस् हजुर, काम गरिराख्नु भ'को १८ घण्टा भो !

विश्वभर कोरोनाको त्रास छ। नेपालमा पनि कोरोना नियत्रणको लागि लकडाउन घोषणा गरिएको छ। यस्तो विशम घडीमा सरकार र त्यसका संयन्त्रहरु सक्रिय रहन जरुरी हुन्छ। नागरिकको जीवन रक्षाको लागि सरकारले हरतरहले काम गर्नु पर्ने अवस्था छ। तर कामहरु सन्तोषजनक देखिएका छैनन्।

र्‍यापिड डाइग्नोस्टिक टेष्ट जारी, सबैको रिपोर्ट ‘नेगेटिभ’

खोटाङका दुई नगरपालिकाका २७ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका हलेसी तुवाचुङ नगरपालिकाका २३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

विराटनगरमा किट अभावले समस्या

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले परीक्षण शुक्रबारदेखि थालेको छ।

मन्त्री नेम्वाङद्वारा स्वास्थ्य सामग्री सहयोग

भौतिक योजन तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले गृह जिल्ला पाँचथरमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । मन्त्री नेम्वाङको पहलमा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

भुल्केमा थप १ सयको स्वाब संकलन

मस्जिदमा रहेका १२ भारतीयसहित १३ जना धर्म प्रचारकहरु शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएयता ‘कोरोना इपिसेन्टर’ मानिन पुगेको उदयपुर भुल्केमा सोमबार थप १ सय जनाको स्वाब परीक्षण गर्न पठाइएको छ । नेपाली सेनाको १८ नं. बाहिनी अड्डासमेत रहेको भुल्के मस्जिद आसपासका स्थानीय, सुरक्षाकर्मी तथा जनप्रतिनिधिसमेतको स्वाव संकलन गरी काठमाडौं पठाइएको हो ।

देशभर ३३ हजार बढीको कोरोना परीक्षण

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए।

डोल्पामा कोरोना द्रुत परीक्षण सुरु, पाँच जनाको रिपोर्ट नेगेटिभ

हिमाली जिल्ला डोल्पामा कोरोना भाइरस (कोभिड–१९) द्रुत परीक्षण सुरु भएको छ । गत बिहीबार जिल्लामा पुगेको किटबाट पहिलो पटक पाँच जनाको परीक्षण गरिएको छ ।

हप्तादिनका लागि खोटाङको नाका बन्द

छिमेकी जिल्ला उदयपुरमा नोबेल कोरोना भाइरस (कोभिड–१९)का १२ जना संक्रमित फेला परेपछि खोटाङको नाका बन्द गरिएको छ ।

जब मजदुर र उनका परिवारलाई विदाई गर्न मन्त्री पुगे (फोटो फिचर)

उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका कामदार र उनीहरुका परिवारलाई घर पठाइएको छ। ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन मजदुर र उनका परिवारलाई विदाई गर्न पुगेका थिए।

भारतीय संक्रमित भेटिएको भुल्केमा सैनिक टोलीद्वारा थप १३४ स्वाब संकलन

त्रियुगा नगरपालिका ३ भुल्केका यदुप्रसाद ढकाललाई कोभिड–१९ संक्रमणको चिन्ताले अहिले निकै सताएको छ ।

प्रदेश १ : कोरोना परीक्षणको दर बढाइयो

दुई दिनमा १३ जना कोरोना संक्रमित भेटिएपछि प्रदेश १ मा परीक्षण दर पनि बढाइएको छ। उदयपुरको भुल्के मस्जिदमा बसेका १३ जना भारतीयमा संक्रमण देखिएपछि उदयपुर तथा अन्यत्र पनि परीक्षण दर उच्च पारेको प्रदेश सरकारले जनाएको छ।

कोरोना भाइरसबाट विश्वभर २९ नेपालीको मृत्यु, करिब १२ सय संक्रमित (अपडेट)

विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २९ पुगेको छ।

नेपालमा ४ जनालाई निको भयो कोरोना

विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ।

कैलालीका कोरोना संक्रमित युवा निको भएर घर फर्किए

कोरोना भाईरस (कोभीड- १९) बाट संक्रमित कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा उपचार पछि निको भएर आइतवार घर फर्कदै छन्। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिचार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक सेवा बिभाग प्रमुख जगदिश जोशीले बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्