२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दुवईमा नेपाली स्वयंसेवकहरुले देखाएको आत्मीयता

कोरोना भाईरसको प्रकोप बढेसंगै बद्लिएको दैनिकी, अन्य बेला सधैं व्यस्त रहने सुनसान सडक , अस्थाई रुपमा बन्द गराईएका बडेमानका मलहरु , सिनेमा हल , सार्वजनिक पार्क र सपिङ सेन्टरहरु। यी सबै सुनसान छन् अहिले व्यवसाय र पर्यटनको ग्लोबल हब मानिने दुबई शहरमा।

प्रधानमन्त्रीको भाइरल भिडियोका कुरा कति सत्य ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रधानमन्त्री ओलीले गत साता मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कोराना भाइरसको प्रकृति, यसको उपचार र सर्ने तरिकाकाबारे ‘वैज्ञानिक व्याख्या’ गरिरहेको देख्न सकिन्छ।

मजदुर परिवारलाई दोस्रो चरणको ‘दैनिक उपभोग्य सामग्री’ वितरण सुरु

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दोस्रो चरणको दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा वितरण गरिएको सामग्री सकिएकाले दोस्रो चरणमा केही थप परिवारसहितलाई कुपन दिन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचीकृत भएका परिवारलाई आइतबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो ।

भारतबाट भित्रिएकाहरु र्‍यापिड परीक्षण गर्न आतुर

जिल्ला जनस्वस्थ्य सेवा कार्यालय जुम्लाको टोली गाउँमा पुग्दा भारतबाट भित्रिएकाहरु र्‍यापिड परीक्षण गर्न आतुर देखिन्थे । उनीहरु स्वास्थ्यकर्मीको टोली पुग्नु भन्दा अगावै भेला भइसकेका हुन्थे । उनीहरुमा एउटै मात्र चाहाना हुन्थ्यो, ‘ छिटो कतिबेला र्‍यापिड परीक्षण गरौँला र रिपोर्ट हेरौँला । अनि ढुक्कका साथ घर फर्कौला । ’

कोरोना जित्न सामूहिक पहल

विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ को प्रभावबाट नेपाल पनि अछूतो रहेन। यो भाइरसको सामुदायिक विस्तार भइसकेको छ।

भ्रष्टाचार गरेको हैन, सरुवा रोगबाट कसरी बच्ने भन्नेबारे बोलेको छु,लेखेको छु : डा. पुन

टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञका रुपमा कार्यरतडा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण पत्र पठाएको छ।

रसुवामा २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवामा एक हप्तामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट ‘कोरोना नभएको अर्थात नेगेटिभ’ आएको छ। जिल्लामा गएको आइतबारदेखि रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालबाट आरडिटी सेवा सुरु भएको थियो।

संक्रमित भारतीय बसेको मस्जिद आसपासका ६९ को स्वाव परीक्षण गर्न पठाइयो

शुक्रबार १२ जना भारतीयमा कोरोना संक्रमण भेटिएपछि साँझदेखि नै ‘सिल’ गरिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपास बासिन्दाको स्वास्थ्य परीक्षण गर्न नमूना संकलन गरिएको छ।

जमातीको सम्पर्कमा आएका सप्तरीका एक जनाको आरडीटी पोजेटिभ

सप्तरीको सप्तकोसी नगरपालिका -१ फत्तेपुरका एकजना ७५ वर्षिय जेष्ठ नागरिकको (पुरुष) र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएको छ।

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले यो सँगै संक्रमितको संख्या ३१ पुगेको जनाएको छ।

कोरोना मुक्त भएपछि डिस्चार्ज भइन् बागलुङकी ६५ वर्षिय महिला

धौलागिरी अस्पताल बागलुङमा कोरोनाको उपराचर गराइरहेकी ६५ वर्षिय महिला डिस्चार्च भएकी छन्। अस्पतालबाट डिस्चार्ज भएपछि रेडक्रसको एम्वुलेन्समा राखेर प्रहरीले उनलाई बागलुङ नगरपालिका ३ गौंडाकोट स्थित घरमा पर्याएको थियो।

प्रदेश १ : संक्रमितको अवस्था सामान्य, स्थानीयमा त्रास

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। तर, उनीहरुमा देखिएको संक्रमणले प्रदेशमा बढाएको तनावको आकार चाहिँ असामान्य छ।

बागलुङकी ६५ वर्षिया वृद्धा कोरोना मुक्त, डिस्चार्जको तयारी

धौलागिरी अस्पताल बागलुङमा कोरोनाको उपराचर गराइरहेकी ६५ वर्षिय महिलाका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माका अनुसार बिहीबार र आजको रिपोर्ट नेगेटिभ आएको हो।

अन्यायपूर्ण राहत वितरण : विपन्नका अगाडि अन्धो वडा सरकार

रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर २ रातामाटाका धनबहादुर कामीको तीन कोठे कच्ची घरबाहेक अन्नपानी उत्पादन हुने बारी छैन । दैनिक ज्यालादारी काम गरेर उनी दैनिक गुजारा गर्छन् । विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) लगायो । केही दिनसम्म घरमा रहेको अन्नपानीले जोहो गरेको दैनिकी अहिले समस्यामा परेको छ ।

सुनसान सहर, व्यस्त गाउँ

सयौँ गाडीमोटर, हजारौँ हतारिदैं हिड्ने बटुवाहरु। व्यस्त पसले र तीव्र गतीको समयले बाँधिएका ग्राहकहरु ! तीन साताअघिसम्म यहि दृश्य दिपायलस्थित पिपला बजारको दैनिकी थियो। अहिले त्यो दैनिकी एकाएक गायब भएको छ। सडकमा आक्कल–झुक्कल मान्छे निस्कन्छन्। ती पनि एकैछिनमा हराईहाल्छन्। सडकमा एकाध प्रहरीहरु बुट बजार्दै हिड्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्