२३ आश्विन २०८१ बुधबार
image/svg+xml

राहत वितरणमा अनियमितता भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको ठहर गरेको छ। शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको भएको ठहर गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको छ।

दीर्घ रोगीलाई घर–घरै निःशुल्क औषधि

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दीर्घ रोगीलाई हेलम्बु गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ। रोगीका घर–घरमा टोली परिचालन गरेर शनिबारदेखि औषधि वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। ‘लकडाउनको समयमा औषधी किन्न बजार निस्कन असहज भएपछि गाउँपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो,’ उनले नागरिकसँग भने। उनका अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले घरमै औषधि  पाउने छन्।

लकडाउनमा घर हिँडेकालाई त्रिभुवन पार्कमा क्याम्प

थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ। लकडाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो।

सिल गरिएको भुल्केमा ६ सय जनाको स्वास्थ्य परीक्षण गरिदै

सदरमुकाम नजिकै मस्जिदमा बसेका भारतीय धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ। १२ भारतीयमध्ये ११ र उनीहरुसँगै रहेका मोरङका एक जनामा कोरोना पोजेटिभ देखिएपछि त्रसित जिल्लाबासीलाई थप संक्रमणबाट रोक्न प्रशासनले उच्च सतर्कता अपनाएको हो।

कोरोना अस्पतालको तयारी सुस्त, पीसीआर आयो चलाउने उपकरण आएन

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएसंग प्रदेश २  उच्च जोखिममा छ। कोरोना संक्रमणको जोखिमबाट बच्न प्रदेश सरकारले नियन्त्रणत्मकसंग उपचारात्मक गतिविधि पनि बढाएको छ। कोरोना संक्रमितको उपचारका लागि सुस्त गतिमा  अस्पताल तयार पारिदै छ।

विदेशबाट आएकाको तथ्यांक नहुँदा परीक्षणमा अन्योल

हिमाली जिल्ला डोल्पामा कोरोना भाइरस (कोभिड-१९) द्रुत परीक्षण गर्ने किट र उपकरण लकडाउनको २५ औं दिनपछि बल्ल पुगेको छ। कीट र उपकरण पुगेसंगै कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको छ। कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।

उदयपुरमा कोरोना संक्रमित भेटिएसँगै नाकामा कडाई

छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित १२ जना फेला परेसँगै खोटाङको नाकामा कडाई गरिएको छ। छिमेकी जिल्लामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेसँगै शुक्रबार साँझदेखि खोटाङ र उदयपुरको सिमानाका नाकामा हुने आवत–जावतमा कडाई सुरु गरिएको हो।

विदेशबाट फर्किएकाको आरडीटी तीव्र

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) लाई तीव्र पारिएको छ। जिल्लाका १२ वटै स्थानीय तहमा एकसाथ र्‍यापिड टेस्ट भइरहेको हो।

‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घर ल्याइने

हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न कामका सिलसिलामा जिल्लाभन्दा बाहिर गएर बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घरसम्म ल्याउने भएको छ।

घोरेपानी पुगेका दुई चिनियाँ पर्यटकलाई क्वारेन्टाइनमा राखियो

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीबाट दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ।

रसुवाको तीनवटा गाउँपालिकामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प स्थापना

रसुवाको तीनवटा गाउँपालिकामा सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्प स्थापना भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनलाई पूर्ण प्रभावकारी बनाउनका लागि क्याम्प स्थापना गरिएको हो।

संकटमा मेडिकल अधिकृतविहीन प्राथमिक स्वास्थ्य केन्द्र

जुम्लाको हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु दुई वर्षदेखि मेडिकल अधिकृतविहीन छ । मेडिकल अधिकृत नहुँदा चिकित्सकीय सेवा ठप्प छन् । एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलिरहेको छ । दरबन्दी अनुसारको जनशक्ति नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा दिन नसकिएको हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर रावत बताउँछन् ।

प्रदेश ५ मा पैदल यात्रुलाई क्वारेन्टाइन पठाइने

प्रदेश नं. ५ सरकारले सडकमा पैदल यात्रा गरीरहेकाहरुलाई उद्वार गरी तत्काल क्वारेन्टाइनमा पठाउने भएको छ। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै प्रदेश भित्र प्रवेश गरीसकेका पैदल यात्रीहरुलाई नजिकका पालिकाका क्वारेन्टाइनमा पठाइ खाने,बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गर्न स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिएका हुन।

कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्वअध्यक्षहरुको सक्रियता

कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु एक जुट भएका छन्।

भारतीय सुरक्षाकर्मीद्वारा दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन: भारततर्फै फर्काइयो

भारतीय सुरक्षाकर्मीले विहिबार मध्यराती दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्