२३ आश्विन २०८१ बुधबार
image/svg+xml

खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिए

खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा दुई जना थपिएका छन्। काठमाडौंबाट आएका दुई जनालाई शुक्रबारदेखि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित भाषा आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको हो।

घोरेपानी पुगेका दुई चिनियाँ पर्यटकलाई  क्वारेन्टाइनमा राखियो

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीबाट दुई चिनियाँ पर्यटकलाई उद्धार गरि क्वारेन्टाइनमा राखिएको छ। अन्नपूर्ण पदमार्ग अन्तरगत कास्कीबाट म्याग्दी प्रवेश गरेका ५१ बर्षिय गुहोंग हन र उनकी साथी ४७ बर्षिया महिलालाई घोरेपानीको होटलबाट प्रहरीले अन्नपूर्ण–२, भुरुङ तातोपानीको क्वारेन्टाइनमा राखिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए। ‘खाने खर्च समेत नभएको भेटियो,‘उनीहरूको ट्राल्भल हिष्ट्री बुझ्दै छौ’ प्रनाउ कुँवरले भने। उनले चिनियाँ पर्यटकहरू लकडाउन अगाडी नै आएको र स्वास्थ्यमा कुनैपनि समस्या नदेखिएको बताए।

‘लकडाउन’को मारमा परेका नगरबासीलाई सहुलियत दरको खाद्यान्न उपलव्ध गराइने

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’ को मारमा परेका नगरबासीलाई सहुलियत दरमा खाद्यान्न उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकाक्रममा आव्हान गरिएको ‘लकडाउन’का कारण चर्को मूल्यावृद्धि भएको र कालोबजारी सुरु भएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले नगरबासीलाई वडा–वडाबाट सहुलियत दरको खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको हो।

कोरोना उच्चस्तरीय समितिले गर्‍यो मन्त्रीहरुसँग छलफल

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ।

सुदुरपश्चिममा सरकारले पठायो ३४ जना चिकित्सक

पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

तेस्रो मुलुकबाट जाजरकोट आएका २ सय २१ को परीक्षण रिपोर्ट नेगेटिभ

भारत लगाएत तेस्रो मुलुकहरुबाट जाजरकोट आएका विभिन्न व्यक्तिहरुमा कोरोनाको संक्रमण जाँच्न गरिएको द्रुत निदान जाँच अर्थात आरडीटी गरिएका मध्य सवैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका सातै स्थानीय तहहरुको सक्रियता, कर्णाली प्रदेश सरकारले उपलव्ध गराएको स्वाब टेस्ट किटको प्रयोग गर्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्यमा गरेको परीक्षणबाट यस्तो रिपोर्ट आएको हो ।

राहतको चामल जनप्रतिनिधिले घर लगेपछि…

लकडाउनको बेला सरकारले राहतका लागि पठाएको चामल काठमाडौ बूढानीलकण्ठ नगरपालिका वडा नं ९ जनप्रतिनीधि पर्शुराम कार्कीले आफ्नै घरमा लगेको पाइएको छ।

क्वारेन्टाइनलाई महिलामैत्री बनाउन 'मर्यादा किट'

कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणको यकिन गर्न जिल्लाका पालिकाले संचालन गरेको क्वारेनटाइनमा रहेका १९ जना महिलालाई मर्यादा किट वितरण गरिएको छ । क्वारेन्टाइनमा भएका महिलालाई सहजता र सरसफाईमा प्रयाप्त ध्यान दिन सो प्रदान गरिएको हो ।

शहरमा रहेका सर्वसाधारणका लागि गाउँपालिकाको ‘राहत प्याकेज’

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मजदुरी या अध्ययनकाक्रममा शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहतका प्याकेज ल्याएको छ । काठमाडौं, बिराटनगर, धरान लगायतका जिल्लाभन्दा बाहिरका शहर बजार बसेर दैनिक जीवनयापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका गाउँपालिकाबासीका लागि राहतका प्याकेज ल्याइएको हो ।

विदेशबाट फर्किएका ४७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङमा विदेशबाट फर्किएका ४७ जनाको कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

कोभिड–१९ बिमालेख जारी

वैशाख ४ (नागरिक)– जीवन तथा निर्जीवन बिमा कम्पनीको नियामक निकाय बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) को बिमालेख जारी गरेको छ ।

प्रविधि दुर्ब्यसनको कुचक्र

कोभिड–१९ ले ल्याएका चुनौती अनेक छन्। अहिलेसम्म त जीवनरक्षाकै सवालमा हामी अल्मलिइरहेका छौँ। अझैसम्म पनि सार्स कोभ–२ नाम दिइएको भाइरसबाट कसरी भाग्ने भन्नेबाहेक अरू कुनै उपाय सोच्न सकिएको छैन।

खाद्य सुरक्षाको प्रत्याभूति

कोभिड–१९ ले निम्त्याएको हालको संकटका अनेकन आयाम छन्। यो घडीमा यसको संक्रमण नियन्त्रणको पक्ष मात्र चुनौतीपूर्ण छैन बरु आममानिसका बहुआयामिक समस्या क्रमशः सतहमा देखिँदै छन्।

जो भूकम्पमा ध्वस्त गोरखा ठड्याउन आएका थिए…

२०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखामा ध्वस्त भएको विद्यालय, सरकारी भबन, स्तरीय सडक, ब्यक्तीको घर पुननिर्माण गर्न अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ। बैशाख ३ गतेबाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर हिँडेका छन्। चिउरा र एक बोत्तलमा पानी बोकेर सयौँ मजदुर गोरखा बाहिरिने क्रम केही दिन यता चलिरहेको छ।

न्यूयोर्कमा थप एक नेपालीको कोरोनाका कारण निधन

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्