२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कोभिड–१९ बिमालेख जारी

काठमाडाैँ, - वैशाख ४ (नागरिक)– जीवन तथा निर्जीवन बिमा कम्पनीको नियामक निकाय बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) को बिमालेख जारी गरेको छ ।

समितिले बिहीबार नयाँ बिमालेख जारी गर्दै कोरोना भाइरका कारण हुने रोगको रक्षावरणका उक्त निर्णय गरेको जनाएको छ । 
दुईवटा श्रेणीमा जारी भएका यी बिमालेख अनुसार ‘श्रेणी क’ अन्तर्गत एक लाख रुपैयाँको बिमा गर्न सकिनेछ । ‘श्रेणी क’को एक हजार रुपैयाँ बिमाशुल्क निर्धारण गरेको समितिले जनाएको छ । तर परिवारका सबै सदस्यको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क लाग्नेछ । 

त्यसैगरी, ‘श्रेणी ख’ अन्तर्गत ५० हजार रुपैयाँसम्मको बिमा गर्न सकिने छ । प्रतिव्यक्ति पाँच सय रुपैयाँ बिमाशुल्क तोकिएको यस बिमालेख अनुसार परिवारका सम्पूर्ण सदस्यको बिमा गर्न प्रतिव्यक्ति तीन सय रुपैयाँ बिमाशुल्क लाग्ने समितिले जनाएको छ ।

कोभिड–१९ बिमा गरेका सर्वसाधारणले दाबी भुक्तानीका लागि पिसिआर परीक्षणमा पोजेटिभ देखिनेबित्तिकै प्रक्रिया अघि बढाउन सक्नेछन् । समितिले सम्पूर्ण निर्जीवन बिमा कम्पनीलाई कृषि बिमाका लागि तोकिएका जिल्लालाई कार्यक्षेत्र बनाउन निर्देशन दिएको जनाएको छ ।

प्रकाशित: ५ वैशाख २०७७ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App