२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना उच्चस्तरीय समितिले गर्‍यो मन्त्रीहरुसँग छलफल

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ।

समितिले शुक्रबार प्रदेशमा र्‍यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, विरामी र संक्रमण भएका व्यक्तिहरुको स्थिति लगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरेको हो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिले सम्म भएका क्रियाकलापहरुको विषयमा प्रदेश सरकारहरुसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल भएको बताए। छलफलमा मन्त्रीहरुले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेको बताए। उनले प्रदेश १ देखि सूदुरपश्चिम प्रदेससम्म सात वटै प्रदेशको स्थितिको बारेमा समीक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरुको उद्धारको विषयमा समेत मन्त्रीहरुले ब्रिफिङ गरेको बताए। सचिव विडारीले बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरु, स्वास्थ्यकर्मीहरुलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको बताए।

यस्तै सामग्रीहरुको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए। उनले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शून्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई  तिब्रता दिने विषयमा समेत छलफल भएको बताए।

               

प्रकाशित: ५ वैशाख २०७७ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App