२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना

वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ ।

छ दिनसम्म चल्ने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा पुरुष-महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्समा खेल हुनेछ । जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ ।  

जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित: २३ आश्विन २०८१ १७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App