२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतीय सुरक्षाकर्मीद्वारा दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन: भारततर्फै फर्काइयो

सर्लाही- भारतीय सुरक्षाकर्मीले विहिबार मध्यराती दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

भारतीय सुरक्षाकर्मीले सोनवर्षा लगायत ३ ठाउँमा क्वारेन्टाईनमा राखिएका १२३ जना नेपालीलाई    ट्रकमा हालेर कनौली नाका स्थित लखन्देही खोलामा विहिबार राती छाडिदिएका थिए। त्यसरी छाडिएकामध्ये ९१ जनालाई पुन: भारततर्फ नै क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।

दशगजामा छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर गाउँपालिका छिरेका छन्। नेपाल छिरेका २४ जनालाई कामद माविको क्वारेन्टाईनमा राखिएको छ।
वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास, भारत सितामाढीका सुरक्षा अधिकारी लगायतसँग समन्वय गरेर दशगजामा छाडिएका नेपालीलाई उतैको क्वारेन्टाईनमा फर्काईएको प्रजिअ जिसीले जानकारी दिए।
केही दिनअघि मात्रै लकडाउन छिचोल्दै भारतबाट छिरेका ६२ जनालाई चन्द्रनगर, हरिपुर, चक्रघट्टा लगायत स्थानीय तहले क्वारेन्टाईमै राखेका छन्।

 

प्रकाशित: ५ वैशाख २०७७ १७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App