३ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

कोभिड–१९ उपचार उपकरणको आकस्मिकता

पृथ्वी चौधरी, पंकज जाप्रेल, अनिल सिंह र रिचन जोशी सम्मिलित इन्जिनियर तथा प्राविधिक समूहले संकटको घडीमा उपयोगी हुने एक आविष्कार प्रस्तुत गरेको छ । रोबोटिक्स एसोसिएसन अफ नेपालमा पनि आबद्ध यो कार्यदलले औषधि तथा खानेकुरा बोकेर बिरामीसम्म पु-याउन सक्ने रोबोट बनाएको छ ।

‘यसो ग-यो भेन्टिलेटर, उसो ग¥यो भेन्टिलेटर, ए बाबा ! भेन्टिलेटर त कोभिडको अन्तिम विकल्प हो ?’ बायोमेडिकल संघका एक पदाधिकारीले चिकित्सा क्षेत्रभन्दा बाहिरका सर्वसाधारणको बुझाइबारे चर्चा गर्दै यसो भने। नेपालको समग्र स्वास्थ्य प्रणालीको अवस्थाबारे हामी सबै जानकारै छौं। त्यसमाथि आपत्कालीन रूपमा फैलिएको महामारीसँग जुध्न आवश्यक प्राविधिक ज्ञान हामीमा अपर्याप्त हुनु स्वाभाविकै हो । नेपाल महामारीको निकट पुग्दैछ । संवेदनशील  यो अवस्थामा चुनौतीसामना गर्न र सामाजिक योगदान दिन विभिन्न गैरसरकारी निकायले आआफ्ना स्थानबाट तत्परता देखाइरहेका छन्। ती निकायमध्ये नेपाल बायोमेडिकल संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, राष्ट्रिय आविष्कार केन्द्र आदि हुन् । 

नेपाल बायोमेडिकल संघअस्पताललाई आवश्यक स्वास्थ्य उपकरणसम्बन्धी विभिन्न सेवा निःशुल्क दिन चाहन्छ । बायोमेडिकल इन्जिनियर तथा प्राविधिककुन अर्थमा अफसोस मानिरहेका छन् भने स्वास्थ्य क्षेत्रको एक महत्वपूर्ण विधा ‘बायोमेडिकल इन्जिनियरिङ’लाई नेपालको ऐन–कानुनले देखेकै छैन। विश्वका अन्य विकसित मुलुकमा हरेक अस्पतालमा अनिवार्य रूपमा बायोमेडिकलको छुट्टै विभाग सञ्चालन भएका हुन्छन् । जसले उपकरणको डिजाइन गर्ने, उपचार पद्धतिलाई विज्ञानसँग जोड्ने, उपकरण प्रयोगको तालिम दिने,उपकरण मर्मतसम्भार गर्नेलगायत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्छन् । 

केही समयअगाडि अर्बाै खर्चिएर मान्यतै नपाएको अविश्वसनीय उपकरण  ल्याइसकेपछि बल्ल सरकारलाई थाहा हुन्छ– २४ वटा पिसिआर टेस्टिङ मसिन देशभित्रै छन् ।

नेपालमा भने यससम्बन्धी ऐन–कानुन वा कुनै आधिकारिक व्यवस्थै छैन । त्यसैले नेपालका अधिकतर अस्पतालमा यो विभाग अनुपस्थित छ । बायोमेडिकल इन्जिनियरको उपयोगमर्मतसम्भारका लागि मात्र हो भन्ने गलत बुझाइ व्याप्त छ । जसका कारण हाम्रा अस्पतालअत्यावश्यक सेवा÷सुविधाबाट वञ्चित छन्। त्यसैले संक्रमणकालीन यो अवस्थामा कोभिड–१९को उपचारमा पनि यसले प्रत्यक्ष रूपमा प्रभाव पार्ने निश्चितछ। त्यसैले नेपाल सरकारले सुधार गर्नैपर्ने नीतिगत तथा प्राविधिक पक्षबारे यहाँ चर्चा गरिनेछ।

पहिले हेरौं–  कोभिड–१९ को उपचारका लागि प्रयोग गरिने उपकरण:
१.अक्सिजन कन्सन्ट्रेटरर अक्सिजन सिलिन्डर: हामी जानकारैछौं– कोरोना भाइरसले सीधै फोक्सोमा असर गर्छ, जुन अंग श्वासप्रश्वाससँग प्रत्यक्ष सम्बन्धित छ। त्यसकारण संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या र रगतमा अक्सिजनको कमीहुने गर्छ । त्यसैले यी समस्या देखिनासाथ चिकित्सक वा स्वास्थ्यकर्मीले यो उपकरणप्रयोग गर्छन्। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकभन्छ– चीनलगायत विश्वका अन्य मुलुकमा ७५ प्रतिशत जटिल अवस्थामा अक्सिजन पूरक (अक्सिजन सप्लिमेन्ट)र २५ प्रतिशतसमस्यामा मात्र भेन्टिलेटरप्रयोग गरिएको छ । जटिल अवस्था भन्नाले प्रतिमिनेट ३० वा सोभन्दा कमपटकसास लिने अवस्थामा पुग्नु। यसको प्रयोग आइसियु र अलगथलग (आइसोलेसन)कक्षमा पनि गरिन्छ।

२.मल्टिप्यारामिटर प्यासेन्ट मनिटर: यसको प्रयोग संक्रमितको तत्कालीन अवस्था जाँच गर्नगरिन्छ । उदाहरणका लागि इसिजी (इलेक्ट्रो कारडिया ग्राफ),स्याचुरेसन अफ पेरिफेरल अक्सिजन (एपिओ–२) अर्थात् रगतमा अक्सिजनको मात्रा, रक्तचाप र  हर्टरेट अर्थात्श्वासप्रश्वास तथा नाडीदर र शारीरिक तापक्रम पनि जाँच गरिन्छ। यो उपकरणबिरामीभन्दा १ मिटर वरै राखेर प्रयोग गर्न सकिन्छ र केन्द्रीय अनुगमन प्रणालीबाट नियाल्न सकिन्छ।त्यसैले यो चिकित्सकका लागि सुरक्षित उपकरण पनि मानिन्छ । यसको प्रयोग आइसियुमा र अलगथलग (आइसोलेसन)कक्षमा आवश्यकताअनुसार गरिन्छ।

३.इन्फ्युसन पम्परसिरिन्ज पम्प: संक्रमित व्यक्तिलाई २४ घण्टासम्म निरन्तर औषधि उपलब्ध गराउन यो उपकरणप्रयोग गरिन्छ। सिरिन्जपम्पले सिरिन्ज इन्जेक्सनको मात्रा तथा इफ्युजन पम्पले सलानी पानीको बहाव नियन्त्रण गर्छ। यसको प्रयोग पनि बिरामीभन्दा १ मिटर वरै राखेर गर्न सकिन्छ। त्यसैले यो पनि सुरक्षित उपकरणमध्येकै एकमा पर्छ । यो उपकरणको प्रयोग आइसियु कक्षमा गरिन्छ।

४. युएसजी÷इको: संक्रमित व्यक्तिको फोक्सो स्क्यान गर्नचिकित्सकले यो उपकरणप्रयोग गर्छन् । हरेक स्क्यानपश्चात् यसलाई कीटाणुरहित बनाउनुपर्छ ।

५. एक्सरे मसिन: चिकित्सकले यो उपकरणबाट जटिल रोगमा संक्रमित व्यक्तिको फोक्सोमा भएको निमोनियाको अवस्था जाँच गर्छन् । एक्सरेको काम युएसजीले गर्न सक्दैन।

६. भेन्टिलेटर: कोरोना संक्रमितलाई अक्सिजन दिएर पर्याप्त नभएका खण्डमा अन्तिम उपायकारूपमा यो उपकरणप्रयोग हुन्छ। जटिल समस्यामा यो उपकरणले बिरामीलाई सास फेर्न प्राविधिक टेवा दिन्छ । यो  आइसियु कक्षमा प्रयोग गरिन्छ। मात्र ४ प्रतिशत कोरोना भाइरस संक्रमितमा भेन्टिलेटरप्रयोग भएको अनुसन्धानले पुष्टि गर्छ।

७.फगर: रसायनलाई धुवाँमा परिणत गरी अस्पताल कक्षको वातावरणमा भएका अदृश्य जीवाणु नास गर्न यसको प्रयोग गरिन्छ । बिरामीलाई डिस्चार्ज गरेलगत्तै वा अन्य कोठामा सारेलगत्तै अनिवार्य यो प्रयोग गर्नुपर्छ । गुणस्तरीय परिणामका लागि प्रभावकारी पद्धति भनेको रसायन छर्किएर(स्प्रे गरेर) भन्दा रसायनलाई धुवाँ बनाएर फैलाउँदा प्राप्त हुन्छ।

बायोमेडिकल इन्जिनियरका जिम्मेवारी र संस्थागत उपस्थिति 
चिकित्सा उपचार पद्धति र इन्जिनियरिङको मिश्रण नै बायोमेडिकल इन्जिनियरिङ हो। विश्वभरि उपकरण उत्पादन गर्ने कारखाना, अनुसन्धान केन्द्र, विश्वविद्यालयतथा अस्पतालमा बायोमेडिकल इन्जिनियरको बेजोड संलग्नता हुन्छ। अस्पतालमा यी इन्जिनियरले चिकित्सा उपचार पद्धतिलाई वैज्ञानिक ढंगबाट परिमार्जन तथा अत्याधुनिक स्वास्थ्य उपकरण विकास गर्ने गर्छन्। जसकालागि चिकित्सक र वैज्ञानिक दुवैसँग सहकार्य गर्छन्।रोग पत्ता लगाउन र उपचार गर्न दुवै उद्देश्यका लागि स्वास्थ्य उपकरण विकास गरिन्छ। उपकरणको प्रयोग गर्ने तालिम दिने, त्यसको मर्मतसम्भार गर्ने, वैज्ञानिकसँग सहकार्य गर्ने, शल्यक्रियाको प्राविधिक तयारी तथा शल्यक्रिया क्रममा आइपर्न सक्ने जोखिम निदानका लागि प्राविधिक जिम्मेवारी वहन गर्नेजस्ता महत्वपूर्ण भूमिकामा रहने गर्छन्। 

नेपालका केही निजी अस्पतालबाहेक बाँकी निजी र सरकारी अस्पतालमा बायोमेडिकल विभाग स्थापना गर्ने नीति नै बनेको छैन। एक्लो शिक्षण अस्पताल (महाराजगन्ज) मा भने यो विभागको व्यवस्था गरिएको छ। पछिल्लो समय राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा दुई इन्जिनियर भर्ती गरिएको छ। तर ती इन्जिनियरको जिम्मेवारी उपकरणको व्यवस्थापन र मर्मतसम्भारमै सीमित छ। ट्रमा सेन्टरका यिनै दुई प्रतिनिधिले नै आवश्यक पर्दा नजिकै रहेको वीर अस्पतालमा पनि सोही प्रकृतिको सेवा दिने गर्छन्् । पाटन अस्पतालमा पनि केही संख्यामा मात्र कर्मचारी राखिएको छ।

नेपालमा हाडीगाउँस्थित एक क्याम्पसबाट बर्सेनि बायोमेडिकल इन्जिनियरउत्पादन हुन्छन्, तर अधिकतर विदेशमा कार्यरत छन् । सिटिइभिटी तालिमबाट पनि प्राविधिकलाई प्रशिक्षण दिने काम हुन थालेको केहीवर्ष मात्र भयो। यस क्षेत्रका इन्जिनियरको हकहितका लागि आवाज उठाउन डेढ महिनाअघि मात्र ‘नेपाल बायोमेडिकल संघ’ गैरसरकारी संस्थाको उदय भएको छ । यो संस्थाले वर्तमान संकटको घडीमा सरकारलाई स्वास्थ्य उपकरणको व्यवस्थापन तथा मर्मतसम्भार लगायत सेवानिःशुल्क र आवश्यक सल्लाह पनि दिएर सहयोग गर्न चाहेको आधिकारिक घोषणा गरिसकेको छ । यसको कार्यदलमा बिएमई, बिएमइटी तहका इन्जिनियरतथा प्राविधिक, साथै विदेशबाट थप अनुभवसहित फर्किएका इन्जिनियरसमेत समावेश गरिएको छ।

आपत्कालीन अवस्थाका लागि गर्नुपर्ने सुधार
पृथ्वी चौधरी, पंकज जाप्रेल, अनिल सिंह र रिचन जोशी सम्मिलित इन्जिनियर तथा प्राविधिकसमूहले संकटको घडीमा उपयोगी हुने एक आविष्कार प्रस्तुत गरेको छ । रोबोटिक्स एसोसिएसन अफ नेपालमा पनि आबद्ध यो कार्यदलले औषधि तथा खानेकुरा बोकेर बिरामीसम्म पु¥याउन सक्ने रोबोट बनाएको छ । विभिन्न मुलुकमा भइरहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको मृत्यु तथा उनीहरूमा भएको संक्रमणको समाचारले वर्तमान घडीथप त्रासपूर्ण बनेको छ। हार्दिक धन्यवाद छ– त्यो कार्यदललाई, जसले संक्रमित हुने चिकित्सकको बाध्यतालाई एउटा सटिक विकल्प दिएको छ । 

तर यो समाचार सार्वजनिक भएको २ हप्ता भइसक्दा पनि सरकारका तर्फबाट यस प्रविधिको प्रयोग गर्न नीतिगत बाटो खोलिदिने काम भएको छैन।सोझै अस्पतालसँग सम्पर्क गरी आफ्नो आविष्कार वितरण गर्ने प्रयास यो कार्यदलले गरेतापनि कतिपय अस्पतालसरकारबाट आधिकारिक घोषणा आइनसकेका कारण यो प्रयोग गर्नबाट पछि हटेका छन्, सशंकित भएका छन् र कार्यदलको उत्साह घटाउने काम गरेका छन् ।

यस्ता तारिफयोग्य गतिविधिलाई नेपाल सरकार, उच्च मनोबलका साथ प्रोत्साहन गर्दै अभिभावकको भूमिका खेल्नबाट चुकेको छ। यस्ता उपयोगी उपकरणको सहज बिक्री÷वितरणका लागि सरकारले तत्काल नीतिगत र व्यावहारिक बाटो खोल्न जरुरी छ । मुकदर्शक भएर बस्ने छुट हुँदैन, सरकारलाई।

सामाजिक अभियन्ता महावीर पुनले पनि यो संकटको समयमा उपयोगी उपकरणनिर्माण गर्दै अस्पतालमा सेवा पु-याइरहेका छन् । बायोमेडिकल इन्जिनियरसँगको सहकार्यलाई पनि यिनले बढाउँदै लगेका छन् । यस्ता जोस÷जाँगरले भरिपूर्ण अभियन्ताको अभियानमा  राज्यले सहयोग गरी चुस्त र प्रभावकारी सेवा विस्तार गर्न मद्दत गर्न आवश्यक छ । 
सम्भावित महामारीको प्रकोपबाट बढीभन्दा बढी बिरामीको ज्यान जोगाउन पोर्टेबल भेन्टिलेटर (हाते भेन्टिलेटर) को पनि विकास भएको छ। कथं महामारी फैलिहालेछ भने पनि भेन्टिलेटरको अभावमा पिल्सिएर कसैले ज्यान गुमाउन पर्दैन भन्ने विश्वास जागेको छ ।यो उपकरण विकास गरेका हुन्– बायोमेडिकल संघ र रोबोटिक्स एसोसिएसन अफ नेपालले । हार्दिक धन्यवाद छ। बायोमेडिकल संघले युभीस्टेरिलाइजेसन र भिडियो ल्यारिङोस्कोप–दुई नवीनतम आविष्कार पनि गरेका छन्– भर्खरै मात्र।जुन सार्वजनिकहुन बाँकी छ। यिनको आविष्कार पनि संकटकालकै चुनौतीसामना गर्ने उद्देश्यले नै भएका हुन्।

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप कुनै पनि स्वास्थ्य उपकरणले विश्व स्वास्थ्य संगठनको सिफारिसबिना विश्वसनीय मान्यता प्राप्त गर्न सक्दैन।नेपाल बायोमेडिकल संघका एक पदाधिकारी जिवेशजंग कोइराला भन्नुहुन्छ,‘संकटकालको घडीमा सिफारिसको पद्धति पु-याउने समय पर्याप्त हुँदैन, स्थानीयस्तरबाटै स्वीकृति प्राप्त गरी काम गर्नुपर्छ ।’

बिडम्बना के छ भने त्यति स्वीकृति पनि मुलुकमा कुन निकायले दिने भन्ने प्रश्नको आधिकारिक उत्तर कसैसँग छैन। स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको स्वास्थ्य तालिम केन्द्रमा केन्द्रीय प्रयोगशाला (सेन्ट्रल ल्याब) छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतै भौतिक सम्पत्ति व्यवस्थापन (फिजिकल एस्पेक्ट म्यानेजमेन्ट) शाखा पनि छ ।यी निकायबाट अथवा दुईमध्ये एकबाट स्वास्थ्य मन्त्रालयले जाँच गरी सिफारिस दिने अधिकारका लागिअविलम्ब नीतिगत निर्णय गर्न आवश्यक छ । होइन भने उपयोगी साधन अगाडि राखेर रमिता हेर्न बाध्य हुनुको विकल्प रहँदैन।
केही समयअगाडि अर्बांै खर्चिएर मान्यतै नपाएको अविश्वसनीय उपकरण  ल्याइसकेपछि बल्ल सरकारलाई थाहा हुन्छ– २४ वटा पिसिआर टेस्टिङ मसिन देशभित्रै छन्, जुन विभिन्न अस्पतालमा प्रयोगविहीन अवस्थामा छन्।जसको सहायताबाट हामी एकैपटकमा २ हजार ३ सय २८ वटा परीक्षण गर्नसक्छौं। चीनबाट आएको मसिनले एकपटकमा १५ नमुना (स्वाब) जाँच गर्न सक्छ भने हाम्रो मसिनले ९७वटा परीक्षण गर्नसक्छ । यस्तो समाचार सुन्नुपर्दा देशभरिकै नागरिकको मन नराम्रोसँग अमिल्लिएको थियो, मथिङ्गल खलबलिएको थियो । अर्ब रुपैयाँ जसरी पानीमा हालियो ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले के विश्लेषण गरेको छ भने कोभिड–१९ प्रकोपको सुरुवाती चरणमा छोटो समयमै चीनले धेरै उपलब्धि हासिल ग¥यो। चीनको केन्द्रीय सरकारले तत्काल १) जीवनरक्षा उपकरण प्रबन्ध, २)चिकित्सक उपकरण प्रबन्ध, ३) औषधि उपचार, ४) अनुसन्धान, ५)कूटनीति,६) सूचना सम्प्रेषण,७)प्रतिरक्षा तथा नियन्त्रण, ८) सामाजिक स्थायित्व र ९) सामान्य व्यवस्थापन गरेर ९कार्यदल खडा ग¥यो, जुन हरेक कार्यदलमा एक संघीय मन्त्री रहन्थे । 

अरू मुलुकबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन्। तिनको रणनीति ठ्याक्कै नपछ्याए पनि योगदान गर्छु भनेर अघि सरेकालाई प्रोत्साहन गर्दै समयमै नीतिगत निर्णय गरी कार्यान्वयन गरेर देखाउन सक्नु नै आजको विषम परिस्थितिको टड्कारो आवश्यकता हो। चुनौती सामना गर्दा असफल हुने छुट सरकारलाई छैन।

प्रकाशित: ९ वैशाख २०७७ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App