५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने

मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ। सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ।

पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा सुरु

फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको छ।

महाशिवरात्रिमा साधुसन्तको दक्षिणाको लागि २८ लाख ६५ हजार माग

गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी सुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८ सय किलो दाउराको व्यवस्था गरिएको छ।

सत्यं शिवं सुन्दरम्

हिन्दू धर्मशास्त्रको मूल वेदअन्तर्गत शुक्ल यजुर्वेदले उपासना गर्दै भनेको छ, ‘नमः सम्भवायच मयोभवायच नमः शङ्करायच मयस्करायच नमः शिवायच शिवतरायच।’ उनै शिव भगवान्को पूजाआराधना गरी फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि मनाइन्छ।

हर्षोल्लाससाथ मनाइयो महाशिवरात्रि

प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ। शिवरात्रीका अवसरमा पशुपतिमा बिहान ३ बजेदेखि दर्शन गर्नेहरूको बाक्लो उपस्थिति थियो।

सर्लाहीको चितायनमा हजारौं भाण्टाको भार र धानको मट्का चढाईयो

महाशिवरात्रि पर्वको अवसरमा सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा शुक्रबार दिनभर भक्तजनहरुको घुईंचो लागेको छ।

महाशिवरात्रिको सूचना दिन नगर परिक्रमा

सनातन हिन्दु धर्मको जय ! हिन्दुराष्ट्र नेपालको जय ! शिवरात्रि महापर्वको जय ! आदि नारा लगाउँदै सनातनी हिन्दुहरूले मङ्गलबार काठमाडौंमा -याली प्रदर्शन गरेका छन्।

चितायन मन्दिरमा भाण्टाको भार

महाशिवरात्रिका अवसरमा सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) मा सोमबार दिनभर भक्तजनको घुइँचो लागेको छ। हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मट्का चढाउन हजारौं भक्तजनको भीड लागेको हो। मुसालगायत छालासम्बन्धी रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने चलन छ। त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासमा भक्तजनले परालद्वारा बाँधिएको धानको मट्का (मौर) चढाउने गर्छन्। मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ भएको छ।

डोलेश्वर मन्दिरमा पनि भीड

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ। केदारनाथको शिर मानिने डोलेश्वरमा दर्शनार्थीहरूलाई विशेष पूजाआजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था मिलाइएको छ।

यस्तो रह्यो पशुपतिमा शिवरात्री चहलपहल ( भिडियो )

आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।

टुँडिखेलमा सेना दिवस ( भिडियो )

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

महाशिवरात्रिका दिन सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

महाशिवरात्रिको तयारी

महाशिवरात्रि मनाउन जुन किसिमको तयारी गर्नुपर्ने हो, त्यसतर्फ पनि कोषको पर्याप्त ध्यान पुगेको देखिन्न । सडकमा ढुंगा छाप्नेदेखि कतिपय संरचना निर्माण कार्य अलपत्र पारेर छाडिएका छन् । साधुसन्त बस्न व्यवस्था गरिएको दक्षिणपट्टिको स्थानको फोहोर सफाइमा ध्यान दिइएको देखिँदैन । भक्तजन हिँड्ने भित्री सडकका खाल्डाखुल्डी पनि त्यत्तिकै छाडिएका छन् ।

महाशिवरात्रिको सार्थकता

फागुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका रूपमा भगवान् शिव, शङ्कर, पशुपतिनाथको पूजा÷आराधना गरेर धूमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भए तापनि महाशिवरात्रि महानतम् दिन हो। हिन्दु धर्मका तीन सर्वोच्च शक्ति (ब्रह्मा,विष्णु महेश्वर) मा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थमा भगवान् शिवको महŒवगान गरिएको पाइन्छ। यदि ती सबैलाई संग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्