२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साँगामा महाशिवरात्रि चहलपहल

बनेपा – विश्वकै अग्लो शिव मूर्ति रहेको स्थान साँगामा महाशिवरात्रिको चहलपहल सुरु भएको छ। एक सय ४३ फीट अग्लो शिव मूर्तिको स्थापनापछि हरेक वर्ष महाशिवरात्रिका अवसरमा यहाँ भक्तजनहरू आउने क्रम बढ्दै गएको कम्पनीका अध्यक्ष कमल जैनले जानकारी दिए। गत वर्ष ७० हजार भक्तजनले अवलोकन गरेको भएपनि यस वर्ष एक लाखभन्दा बढीले मूर्तिको अवलोकन गर्ने उनको अपेक्षा छ।

विश्वकै अग्लो शिव मूर्तिमा महाशिवरात्रिका अवसरमा सञ्चालन हुने मेला अवलोकनका लागि आउने दर्शकहरूका लागि सुरक्षा तथा यातायातका साधन आवतजावतमा सहज बनाइएको उनले बताए। स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर सहजर रूपमा अवलोकनको व्यवस्था गरिएको अध्यक्ष जैनले जानकारी दिए।

युवाहरूलाई स्वयंसेवकको रूपमा परिचालयन गरेर अन्य व्यवस्थापनका साथै सामान्य स्वास्थ्य उपचार, खानेपानी, आपत्कालीन उद्वार, यातायातलगायतको व्यवस्थापनमा स्थानीय रेडक्रस, स्वास्थ्य चौकी, प्रहरीका साथै अन्य सरोकारवालासँग समन्वय गरेर गरिएको उनले बताए। शुक्रबार बिहान ५ बजेदेखि शिवको पूँजाआराधना र होम सुरु हुने छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App