२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीले एक्लै चुनाव लड्छ, जित्छ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए।

अध्यक्ष दाहालले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौं र जित्छाैं भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने।

फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपद्‌मा सबै एक हुनुपर्ने बताए। उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ।”

प्रकाशित: २० आश्विन २०८१ १९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App