२ माघ २०८१ बुधबार
image/svg+xml

महाशिवरात्रिका लागि यस्ताे छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो।

शिवरात्रिकाे तयारी अन्तिम चरणमा (भिडियाे)

हिन्दुहरुको महानचाड महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष देशभित्र र वाहिर गरी करिब दश लाख दर्शनार्थीले मन्दिर दर्शन गर्ने अनुमान गरेको छ।

महाशिवरात्रि पर्वको आध्यात्मिक रहस्य

आर्याव्रत भारतखण्डमा यो मुख्य मान्यता छ कि भगवान् शिवले सिर्जना र संहार गर्नुहुन्छ । भगवान् शिव ‘आशुतोष’ हुनाले चाँडै र सजिलै खुसी हुनुहुन्छ । यही भावनालाई लिएर शिवप्रति जल चढाउने र पूजा गर्ने गरिन्छ ।

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ। शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ। आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए।

महाशिवरात्रिमा विदेशीले सांस्कृतिक कार्यक्रम देखाउने

महाशिवरात्रिको अवसरमा पहिलोपल्ट विदेशीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। स्कोनका विदेशी हिन्दु धर्मावलम्बीले शुक्रबार दिउँसो देखि रामायण, कृष्णलीला तथा शिव कथामा आधारित नाटक प्रस्तुत गर्न लागेका हुन् । महाशिवरात्रि पर्व शुक्रबार परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्