काठमाडौं – सनातन हिन्दु धर्मको जय ! हिन्दुराष्ट्र नेपालको जय ! शिवरात्रि महापर्वको जय ! आदि नारा लगाउँदै सनातनी हिन्दुहरूले मङ्गलबार काठमाडौंमा -याली प्रदर्शन गरेका छन्। महाशिवरात्रि पर्व व्यवस्था मुल समिति, पशुपति क्षेत्र विकास कोष, लिस्नर्स क्लब नेपाल, पशुपति बहुमुखी क्याम्पस आदिको अगुवाइमा निकालिएको सो -यालीले गौशाला, तिलगंगा, तीनकुने, नयाँ वानेश्वर, पुरानो वानेश्वर हुँदै जयजयकारसहित गाना–बजानासहित नगर परिक्रमा गरेको थियो।
¥यालीमा नेपाल प्रहरी, नेपाली सेनाको सांस्कृतिक टोली, नेपाल वेद विद्याश्रम, बोलबम कँवरिया संघ, ओम शान्तिलगायत संघ–संस्थाआबद्ध पदाधिकारी, विद्यार्थी, शिक्षक, साधु–सन्तलगायत सयौं श्रद्धालुहरूको सहभागीता रहेको थियो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार महाशिवरात्रि पर्व आरम्भ भएको दुनियाँलाई जानकारी दिन ¥याली प्रदर्शन तथा हर्ष–बढाइँ गरिएको हो। उनले शिवरात्रि पर्वलाई लक्षित गरेर देश–विदेशका विभिन्न भागबाट सयौं साधु–सन्तहरू पशुपति क्षेत्रमा आउने क्रम सुरु भएको पनि बताए। महाशिवरात्रि पर्वलाई लक्षित गरेर शुक्रबार पशुपतिनाथ परिसरसहित वाग्मती नदीमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो।
प्रकाशित: ७ फाल्गुन २०७६ ०३:४६ बुधबार