८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं नोक्सानी हुन्छः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताएका छन्।

एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छः दाहाल

बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन्।

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।

सम्मानजनक नभए गठबन्धन टुट्छ: नेता पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन्।

आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ नगर्नुस्ः सांसद आले

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ गर्नु नहुने बताएका छन्।

योगलाई विज्ञानसँग जोडौँः पोखरेल

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले योगलाई विज्ञानका रुपमा हेर्न अनुरोध गरेका छन्।

जिसस रुपन्देहीको प्रमुखमा काँग्रेसका चपाई

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। शुक्रबार भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।

केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्योः दाहाल

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्।

फेरि विवादमा अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा एसका छिरिङ लामा विजयी भएका छन्। कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर उनी विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याए।

एमाले–माओवादी वाम गठबन्धनतर्फ उन्मुख!

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए।

अनिर्णयको अलमल

कसैलाई मनमा लाग्दैमा सार्वजनिक कामका निम्ति निर्णय गर्ने परिपाटीले समस्या निम्त्याउन सक्छ। नेकपा (एमाले)बाट विभाजित भई बनेको नेकपा (एस) ले हालै गरेको एउटा निर्णय अन्ततः आफ्नै निम्ति प्रत्युत्पादक बनेको छ।

ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक

ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन्।

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न बालेनलाई प्रचण्डको सुझाव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई देश र जनताका हक हितको पक्षमा काम गर्न सुझाव दिएका छन्।

मतदातासँग भेट्नुपर्ने हुँदा सांसदले बैठक छोड्नु परेको हो: नेता पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्