८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश १ : सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ७ घाइते

मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो ठोकिएर दुर्घटना भएको थियो।

सल्यान बस दुर्घटना: मृतक संख्या ११ पुग्यो

दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

धादिङमा ट्रक दुर्घटनाः दुई जनाकाे मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

विराटनगरमा कार दुर्घटना: १ जनाको मृत्यु, ७ घाइते

कोसी राजमार्गअन्तर्गत विराटनगर– ४ आयल निगम अगाडि भएको सवारी दुर्घटनामा १ जना पैदल यात्रीको मृत्यु भएको छ। बुधबार साँझमा भएको दुर्घटनामा परी अन्य ७ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।

सुनसरीमा भएका दुर्घटनामा परि दुई जनाको मृत्यु

सोमबार साँझ इनरुवा वडा नं. ९ को भित्री कच्ची सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टदा एक जनाको मृत्यु भएको छ।

पाँचथर बस दुर्घटनाः मृतक संख्या चार पुग्यो, तीन जनाको मात्र सनाखत

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ।

पाँचथरमा बस दुर्घटनाः घाइतेमध्ये दुईको मृत्यु

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्।

डोल्पाको भेत्तिमा जीप दुर्घटना: नाै जना घाइते, दुईको अवस्था गम्भीर

सदरमुकाम दुनैबाट त्रिपुासुन्दरी नगरपालिका ३ सुँपानीतर्फ आउदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना यात्रु घाइते भएका छन्।

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

गोरखामा ट्रक दुर्घटना: घटनास्थलमै चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरे खोलामा गए राति ट्रक खस्दा चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

किन हुन्छन्, चाडपर्वमा ठूला सडक दुर्घटना?

जीर्ण सडक, क्षमताभन्दा बढी यात्रु, तिव्र गतिमा, लामो दुरीमा एउटै चालक हुँदा चालकलाई थकाइ लाग्नु, क्षमताभन्दा बढी यात्रु राख्दा यात्रु ओरालेर सुरक्षित अर्काे गाडीमा यात्रा गराउनुको साटो ट्राफिक प्रहरीले जरिवाना असल्नु, पुराना सवारीसाधन, सवारीसाधनबीच प्रतिस्पर्धा हुनु रहेको सर्वसाधारणहरू बताउँछन्।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्