७ वैशाख २०८१ शुक्रबार
समाज

सल्यान बस दुर्घटना: मृतक संख्या ११ पुग्यो

सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ पुगेको जानकारी दिए।  

सल्यानको जैतपानीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए।  

३० जना सवार रहेको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। अन्यको उपचारका क्रममा मृत्यु भएको डिएसपी थापाले बताए। दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

बस सडकदेखि झण्डै एक सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०७८ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App